महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउन एमालेले बोलायो सचिवालय बैठक

७ बैशाख ७९, बिहीबार

काठमाडौं, ८ वैशाख । आसन्न स्थानीय तहकाे निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे सचिवालय बैठक बस्दैछ ।

Advertisement

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीसहित सम्मिलित सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पार्टीबाट उम्मेदवारका लागि सिट बाँडफाँट गरेकाे भाेलिपल्ट (बिहीबार) एमालेले सचिवालय बैठक डाकेकाे हाे ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ । उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् । स्थानीय तहकाे निर्वाचन आगामी ३० वैशाखमा हुँदैछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top