डब्लूएचओका महानिर्देशकले गरे नेपालको प्रशंसा

८ बैशाख ७९, शुक्रबार

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेट गरेका छन् ।

Advertisement

प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार भएको भेटमा देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराएका थिए । साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगका लागि पनि देउवाले धन्यवाद व्यक्त गरे ।

देउवाले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारीलगायत विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताएका थिए ।

Advertisement

सो अवसरमा महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारीरूपमा व्यवस्थापन गरेको र प्राय सबै जसोलाई खोप लगाइसकेकोमा सरकारको प्रशंसा गरे । कोभिड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको उनको भनाइ थियो ।

डा. टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरुद्ध बालवालिकालाई खोप सुरु गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे । नेपालले छोटो समयमा बाल तथा मातृ मृत्युदर घटाएको लगायत विभिन्न स्वास्थ्य सूचकमा गरेको प्रगतिको प्रशंसा गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top