सामन्तवादी कांग्रेसको टेको लागेको गठबन्धनले केही गर्न सक्दैन:मोहन वैद्य

८ बैशाख ७९, शुक्रबार

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको टिप्पणी गरेका छन् ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा वैद्यले सुरूमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरूका कारण मुलुकको अवस्था नसुध्रेको बताए ।

प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको वैद्यको टिप्पणी छ । जनयुद्धका बेला प्रतिकृयावादीको रक्षाकबच भन्दै एमाले प्रवृत्तिका विरुद्ध संघर्ष गरेको र पछि गएर अवसर खोज्दै प्रचण्डले त्यही एमालेसँग एकता गरेको वैद्यको आरोप थियो ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top