Nepal Times
Nepal Times
153
Shares

चट्याङ लागेर काभ्रेमा किशोरीको मृत्यु

चट्याङ लागेर काभ्रेमा किशोरीको मृत्यु

३ जेष्ठ , काभ्रे । काभ्रेमा रोशी गाउँपालिका(९ पनान्चेमा आज दिउँसो चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सो ठाउँका गणेश लुङ्गेलीकी छोरी अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृत्यु भएको हो।

घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक चट्याङ लागि घाइते भएको र उपचारका लागि नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित स्थानीय मेडिकलमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.