Nepal Times
Nepal Times
3
Shares

रियल २ सय ७० मिलियन पाउण्ड तिरेर नेयमार भित्र्याउन तयार

रियल २ सय ७० मिलियन पाउण्ड तिरेर नेयमार भित्र्याउन तयार

एजेन्सी, भदौ ३
पिएसजी का स्टार खेलाडी नेयमारलाई रियल मड्रिडमा अनुबन्ध गर्न किर्तिमानी मुल्य तिर्न तयार रहेको खुलेको छ । स्टार खेलाडी नेयमारका लागि रियलले किर्तीमानी मुल्य २७० मिलियन पाउण्ड तिर्न तयार रहेको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताएका छन् ।

यदि रियलले उनलाई २७० मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गर्न सके उनीनै विश्वको सर्वाधीक महँगा खेलाडी बन्ने छन् । गत बर्ष बार्सिलोनाबाट पिएसजी जाँदा पिएसजीले किर्तिमानी मुल्य १९८ मिलियन पाउण्ड तिरेको थियो । उनीनै अहिले सम्मका विश्वका सर्वाधीक महँगा खेलाडीको सूचिको पहिलो नम्बरमा छन् ।

अहिले सम्म रियलले क्रिस्टियानो रोनाल्डोको स्थानमा अर्को खेलाडी अनुबन्ध गर्न सकेको छैन् । यसै सिजन रोनाल्डो ११२ मिलियन युरोमा इटालीयन क्लब युभेन्ट्स पुगेका थिए ।

रोनाल्डो युभेन्ट्स पुगेपछि रियलले उनको स्थानमा खेलाडी भित्र्याउने प्रयास गरिरहेको थियो । हाल सम्म उनको स्थानमा खेलाडी अनुबन्ध गर्न नसक्दा उनको स्थान ग्यारेथ बेलले लिने विश्वास गरिएको थियो । तर, युइएफए सुपर कपमा रियल एट्लेटिको मड्रिडसँग ४–२ ले पारजित भए पछि पुनः रोनाल्डोको स्थानमा एक स्टार खेलाडीको आवश्यकता महसुस भएको छ ।

यदि पिएसजीले रियलको प्रस्ताव स्वीकार गरे रियल नेयमारलाई अनुबन्ध गर्न तयार रहेको खुलेको हो । पिएसजी कतार राज्यको स्वामीत्वमा रहेको छ । जहाँ नेयमारलाई अनुबन्ध गर्न कतार स्पोर्टस् इनभेस्टमेन्टको प्रायोजनमा क्लबले बढि पैसा तिरेको खुले पछि अहिले युइएफएले अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.