२६ जेष्ठ, एजेन्सी ।
पाकिस्तानका चर्चित टीभी प्रस्तोता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा आमिर लियाकत हुसैनको निधन भएको छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उनको मृत्यु भइसकेको बताएका थिए ।
हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ । उनको निधनका कारण नेशनल असेम्बलीको सत्र शुक्रवार बेलुकी ५ बजेसम्म स्थगित गरिएको छ ।
भर्खरै मात्रै आमरि लियाकत आफ्नो तेस्रो विवाहलाई लिएर विवादमा मुछिएका थिए, जसका कारण उनले देश छाड्ने घोषणा गरेका थिए ।
धार्मिक टीभी कार्यक्रम आलम अनलाइन बाट चर्चित डा, आमिर लियाकत हुसैनले सन् २०१८ मा पीटीआईको टिकटबाट चुनाव जितेर सांसद बनेका थिए।