Nepal Times
Nepal Times
90
Shares

गौतमबुद्ध विमानस्थलबाट मोजामा लुकाएर ल्याएको १२२ ग्राम सुन बरामद

गौतमबुद्ध विमानस्थलबाट मोजामा लुकाएर ल्याएको १२२ ग्राम सुन बरामद

४ जेष्ठ ,भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनका गहनासहित एक यात्रुलाई नियन्त्रणमा लिएको छ।

जजिराको जहाजबाट आएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आएका पाल्पा रिब्दिकोटका राजेन्द्र कुँवर सुनका गरगहनासहित पक्राउ परेका हुन्।

कुँवरलाई मोजामा लुकाएर ल्याएको अवस्थामा १ सय २२ ग्राम सुनका गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा ३ वटा सिक्री र १ वटा ब्रासलेट गहना बरामद भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तीर्थराज पासवानले जानकारी दिए।

उक्त गहनाको अन्दाजी मूल्य ९ लाख ९० हजार हुने विमानस्थल भन्सारले जनाएको छ।

बिहान करिब ६ बजे आएको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा वाकथ्रुबाट लुकाई छिपाई ल्याएको अवस्था देखिएको हो।

वैधानिक रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाइने व्यवस्था रहे पनि अन्य गहनाको हकमा पूर्व जानकारी गराउनुपर्ने भए पनि केही त्यस्तो जानकारी नगराएको पाइएको छ।

पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि राखिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.