एजेन्सी,भदौ ४
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी शुरुवात गरेको छ । रियलले गेटाफेलाई २–० ले पराजित गर्दै स्पेनिस जाइन्ट रियलले विजयी शुरुवात गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियललाई जिताउन ग्यारेथ बेल र डेनी कार्भाहलले गोल गरे ।
२० औं मिनेटमा कार्भाहलको हेड गोलमार्फत रियलले खेलमा अग्रता बनाएको थियो । मैदानको बायाँ भागबाट बेलले क्रस गरेको बललाई गेटाफेका गोलरक्षक डेभिड सोरियाले पञ्च गरेको फालेको बललाई कार्भाहलले सुन्दर हेडरमार्फत गोल गर्न सफल भएको थियो ।
पहिलो हाफमा १–० को अग्रता बनाएको रियलले दोस्रो हाफको ५१ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियलको अग्रता दोब्बर पा¥यो । यसपटक अघिल्लो गोलको लागि अवसर सिर्जना गरेका बेलले मार्को एसेन्सियोको पासमा डि–बक्सभित्रबाट गोल गरेका थिए । यो सँगै रियलले २–० को जित निकाल्न सफल भयो ।