×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिको साहारा,जहदा गाँउपालिकाले विद्यालयमा लगायो (एसपिआरए) सिस्टम

५ भाद्र २०७५

विराटनगर,भदौ ५
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तल्लोस्तरबाट सूचना प्रविधिको प्रयोग आजदेखि मोरङको जहदा गाउँपालिकाकास्थित विद्यालयहरुमा गरिएको छ ।जहदा गाउँपालिकाका प्रमुख कैलाशप्रसाद मण्डलले इम्पेटस टेक्नोलोजी नेपाल प्रालिद्धारा निर्मित “स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस (एसपिआरए) एकेडेमिक एनलाईसिस रिसोर्स प्रोग्रामिङ (इआरपी) सिस्टमको गाउँपालिकाको कार्यालयमा स्विच दवाई शुभारम्भ गरे ।

उक्त सिस्टमको सूचना प्रविधिद्धारा विद्यालयको गतिविधि अध्ययन गर्नुका साथै विद्यार्थीहरुको विद्यालयमा उपस्थिति, पठनपाठनको अनुगमन, अतिरिक्त क्रियाकलापको अध्ययन एकैसाथ गाउँपालिकाका प्रमुख, शिक्षक र अभिभावकले दैनिक, साप्ताहिक र मासिक रुपमा आफ्नो कोठामा हेर्न सकिने व्यवस्था गरिएको छ । विद्यालयको अध्ययनस्तरको मापन, नियमन, गुणस्तर कायम गर्न प्रविधि उपयोगी रहेको स्थानीय अभिभावहरुको भनाइ रहेको छ । यस प्रविधिको प्रयोगवाट विद्यालय हाताभित्र हुने सम्पूर्ण गतिविधि जानकारी प्राप्त भै विद्यार्थीेको अध्ययन शैलीमा वृद्धि हुनुका साथै शिक्षकको विद्यार्थीहरुलाई अध्यापनमा लगनशिलता साथै सिकाई उपलब्धीमूलक हुने विश्वास गरिएको छ ।

Advertisement
Advertisement

प्रदेश नं १ मा पहिलो पटक मोरङको दक्षिण सीमावर्ती जहदा गाउँपालिकाका १६ विद्यालयहरुमा उक्त प्रविधि जडान गरिएको छ । गाउँपालिकाले यसक्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि प्रति विद्यालय १ लाख २५ हजार वार्षिक दिने गरि उक्त प्रविधि जडान गरिएको हो ।शुभारम्भ समारोहमा गाउँपालिकाका प्रमुख मण्डलले सामुदायिक विद्यालयका विद्यार्थीहरु निजी विद्यालय सरह गुणस्तर र शैक्षिकस्तर वृद्धि कायम होस भन्ने उद्देश्यले प्रविधि जडान गरिएको बताए ।

Advertisement

इम्पेटस नेपालका अध्यक्ष जीवन गुरागाईले प्रदेश नं ४ वाहेक ६ प्रदेशका १६५ स्थानीय निकायका ३ हजार ६ सय विद्यालयमा यो प्रविधि जडान गर्ने सम्झौता भएको जानकारी दिदै शिक्षा मन्त्रालयले १६ करोड ७८ लाख ७ जिल्लाका विद्यालयमा प्रविधि जडानका लागि बजेट छुट्याएको जानकारी दिए । उनले राष्ट्र निर्माणको सोचले सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धिका मात्र कार्य गरेको वताउदै निजी विद्यालयमा प्रविधि जडान नगर्ने बताए । कार्यक्रममा दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक जयप्रसाद साहले प्रविधिको प्रयोगवाट शैक्षिक सुधार आउने विश्वास ब्यक्त गरे ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top