५ साउन, सुर्खेत ।
कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ ।कालीकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा बिहीबार दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।पहिरोले सडक अबरुद्ध हुँदा सवारी साधन जममा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण अलपत्र परेका छन् ।अस्थायी पोष्ट पिलीबाट खटिएको प्रहरी टोलीले स्थानीय तहसँग समन्वय गरी एक्साभेटर लगाएर सडक खुलाउने काम गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।