चीन र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता

८ असोज,एजेन्सी ।
चिनियाँ विदेशमन्त्री वाङ यी र युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाबीच भेटवार्ता भएको छ । उनीहरुबीच न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७७ औं महासभाका क्रममा भेटवार्ता भएको हो । गत फेब्रअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि दुई देशबीच यो बैठक पहिलो हो ।

Advertisement

अहिले युक्रेनको मस्को–नियन्त्रित क्षेत्रहरू जनमत सङ्ग्रहमा रूसको भाग बन्ने वा नबन्ने बारेमा मतदान भइरहेको छ । जुन कीभ र यसका सहयोगीले गैरकानुनी भूमि कब्जाको रूपमा निन्दा गरेका छन् । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार वाङले कुलेबालाई भने, “सबै देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नैपर्छ ।

सबै देशको वैध सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिनुपर्छ र सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकूल हुने सबै प्रयासलाई समर्थन गर्नुपर्दछ ।” चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग संयुक्त राज्य अमेरिकाको सामना गर्न घनिष्ठ रणनीतिक गठबन्धनको प्रयास गरिरहेका बेला बेइजिङले युक्रेनमाथि रूसको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको छ ।

Advertisement

चीनले पटक–पटक वार्ताको माध्यमबाट द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेको छ, तर सहजीकरणका लागि कुनै कदम चालेको छैन । वाङले कुलेबालाई भने, “चीन जहिले पनि शान्ति वार्तालाई बढावा दिन प्रतिबद्ध छ, कहिल्यै चुप लागेर बस्दैन, आगोमा कहिल्यै इन्धन थप्दैन र आफ्नो स्वार्थका लागि परिस्थितिको फाइदा कहिल्यै उठाउँदैन ।” “चीन सधैँ शान्तिको पक्षमा उभिएको छ र रचनात्मक भूमिका निर्वाह गरिरहनेछ,” उनले भने ।

कुलेबाले ट्वीटरमार्फत भेटवार्ताको पुष्टि गरेका हुन् । “मेरा चिनियाँ समकक्षीले युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति चीनको सम्मान र मतभेद सुल्झाउने माध्यमका रूपमा बल प्रयोगलाई अस्वीकार गर्नुभएको छ,” उनले भने ।

Advertisement

महासभामा नेपालबाट भने परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाइएको छ । गत वर्षको ७६ औं महासभामा परराष्ट्रमन्त्री नारायण खड्का सहभागी थिए । तर यस पटक प्रधानमन्त्री र परराष्ट्रमन्त्री सहभागी छैनन् । मन्त्री सहभागी नभएका कारण यस पटक न्युयोर्कमा द्विपक्षीय उच्चस्तरीय शिष्टाचार भेटवार्ता हुन सकेको छैन । महासभाको उच्चस्तरीय सत्र १० गनेसम्म चल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top