×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरियोः पूर्वराजा

१४ आश्विन २०७९

१४ असोज, काडमाण्डौ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकता विधेयकतर्फ संकेत गर्दै बाहिरियाहरुलाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरिएको दाबी गरेका छन् । राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताउँदै उनले अहिले बलियो मियो आवश्यक रहेको पनि बताएका छन् ।

दशैंको अवसरमा भिडियो सन्देश मार्फत शाहले सो कुरा बताएका हुन् । ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन जरुरी छ । नेपाललाई फेरि महान बनाउनु परेको छ’, उनले भनेका छन् । एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्र्याउने प्रपञ्च रचिएको भन्दै उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताएका छन् ।

‘अर्कातिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ’ उनले भनेका छन्, ‘विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ।’

डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको बताउँदै उनले भनेका छन्, ‘देशका प्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ ।’

अहिले देशलाई दाउँमा लग्ने अवस्था बनेको भन्दै उनले देशले कहिल्यै पनि हार्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिका धार्मिक, सांस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिंदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ ।

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन ।’

राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय रक्षा व्यवस्थाको रक्षामा समर्पित रहने देशभक्ति नेपालीको चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्ने कामना पनि उनले गरेका छन् । शाहले भनेका छन्, ‘आज आस्था, सिद्धान्त र जनविश्वासका दृष्टि ती कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने जल्दोबल्दो प्रश्न बनेको छ।

पदलोभ सत्तास्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोग्नेका लागि राजनीतिक केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ?’ कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाका सबै अंगभित्र विवाद, विग्रह र विकृति बढेकोले सर्वत्र प्रश्न उठेको उनको भनाइ छ । देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको शाहको जिकिर छ । उनले देश असफलतातिर धकेलिन लागेको टिप्पणी गरेका छन् ।

भर्खरको समाचार

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

सम्बन्धित खबरहरु

Scroll to Top