रुसको ’समर्थन’ गरेर फसे अर्बपति मस्क

१८ असोज, एजेन्सी ।
युक्रेन युद्धको शुरुवाती दिनमा रुसविरुद्ध स्याटेलाइट इन्टरनेट दिएर चर्चामा आएका विश्वका धनी अर्बपति एलोन मस्क युक्रेनलाई तटस्थ रहन सल्लाह दिएपछि अहिले समस्यामा परेका छन् । विगतमा रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा उभिदै आएका मस्क एकाएक रुसको पक्षमा खुलेको भन्दै उनको सामाजिक संजालमा ब्याक आलोचना भएको छ ।

मस्कले रुसविरुद्धको युद्धमा शान्ति कायम रहनका लागि युक्रेन ‘तटस्थ’ रहनुपर्ने बताएका छन् । टेस्लाका मालिक मस्कको यो ट्वीटपछि जर्मनीका लागि युक्रेनका राजदूतले उनलाई अशोभनीय गाली गरेका छन् ।

ट्विटको शृङ्खलामा एलोन मस्कले पछिल्लो आठ महिनाको युद्धपछि मात्रै दुई देशबीचको ‘शान्ति’ चाहेको दाबी गरेका छन् । मस्कले शान्ति सम्झौतामा रूसले २०१४ मा कब्जा गरेको क्राइमियालाई औपचारिक मान्यता प्रदान गर्दछ। संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले क्रिमियालाई युक्रेनको भागको रूपमा मान्यता दिएका छन्।

रसियाले यहाँ जनमत संग्रह गराएको थियो । मस्कले जनमतसंग्रह “प्रश्नमा“ रहेको स्वीकार गरेर यसलाई संयुक्त राष्ट्र संघ वा विश्वसनीय निकायको निरीक्षणमा सञ्चालन गर्न उनले आह्वान गरेका छन् । मस्कको यो बयानपछि उनी सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोल हुन थालेका छन् ।

यसपछि मस्कले पनि आफ्नो ‘शान्ति’ सम्झौताको नतिजा त्यही आउने बताउँदै यसअघि कति जना मारिए भन्ने प्रश्न अहिले उठेको बताएका छन् । मस्कको ट्विटबाट आक्रोशित जर्मनीका लागि युक्रेनका राजदूत एन्ड्रिज मेल्यान्याकले उनको कडा आलोचना गरेर उनको सुझावमा तपाईलाई ।

अफ’ भनेको मेरो कूटनीतिक जवाफ हो भन्दै लेखेका छन् । राजदूतले नतिजा अब कुनै युक्रेनी नागरिकले तपाइँको टेस्ला नकिन्ने समेत बताएका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि मस्कको भनाइको उचित जवाफ दिएका छन् । जेलेन्स्कीले एउटा पोल ट्वीट गर्दै सोधेका छन् कि तपाईलाई कुन एलोन मस्क बढी मनपर्छ? एक जसले युक्रेनलाई समर्थन गर्दछ वा जसले रुसलाई समर्थन गर्दछ ?

यस मतदानमा १० लाखभन्दा बढी मानिसले भाग लिएका थिए र अधिकांशले युक्रेनलाई समर्थन गर्ने मस्कको पक्षमा मतदान गरेका थिए । अर्कोतर्फ, मस्कले आफ्ना समर्थकहरूलाई आणविक युद्धको सम्भावना एकदमै कम रहेको तर त्यहाँ ’सम्भावित’ नतिजा आउन सक्छ भन्ने विश्वास रहेको बताएका छन् ।

यसै क्रममा लिथुआनियाका राष्ट्रपतिले पनि ट्विट गर्दै मस्कमाथि हमला गरेका छन् । उनले भनेका छन् कि यदि कसैले तपाईको टेस्ला ह्वील चोर्न खोज्छ भने, यसले उसलाई कार वा त्यो पाङ्ग्राको कानूनी मालिक बनाउँदैन।

यसअघि मस्कले रुसी आक्रमणपछि इन्टरनेटविहीन युक्रेनी जनतालाई इन्टरनेट सेवा उपलब्ध गराएका थिए । युद्धका बीच रुसको अन्तरिक्ष स्टेशनका प्रमुखले अमेरिकी अन्तरिक्ष यात्रीलाई पृथ्वीमा नल्याउन नसक्ने चेतावनी दिएपछि मस्कले यदि रुसले त्यसो गरे आफूले अन्तरिक्षबाट अनितरिक्ष यात्रीको उद्धार गर्ने बताएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top