×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देउवाले मिनेन्द्रको टिकट खोसेर सुजातालाई दिए

२३ आश्विन २०७९

२३ असोज,काठमाण्डौ ।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन् । यसअघि मोरङको निर्वाचन क्षेत्र नं. २ बाट जितेका नेता रिजालले यस पटक पनि सो क्षेत्रमा दाबी गरेका थिए । तर उनलाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो । उनको स्थानमा कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ ।

शनिबार राति कांग्रेसले पूर्वउपप्रधानमन्त्री कोइरालालाई टिकट दिने निर्णय गरेको हो । पार्टीको क्षेत्रीय समितिले सुजाता र मिनेन्द्रको नाम सिफारिस गरेको थियो । टिकट भने सुजाताले पाएकी हुन् । उनी पार्टीका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइलाकी पुत्री हुन् । गिरिजाप्रसाद यही क्षेत्रबाट चुनाव लड्थे ।

Advertisement

२०७४ को चुनावमा डाक्टर रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए । मिनेन्द्रले त्यतिबेला चुनाव जितेका थिए जतिबेला काँग्रेस संकटमा थियो । काँग्रेसका प्रभावशाली नेता मानिएका रिजालले संसदमा कांग्रेसको उपस्थिति कमजोर भएका बेला प्रभावकारी भूमिका निर्वाह गरेर प्रतिपक्षको आवाज बलियो बनाएका थिए ।

पछिल्लो समय देउवाको कार्यशैलीप्रति विमति जनाउँदै आएका रिजालको साटो देउवाले महाधिवेशनको बेला कोइराला समूह छाडेर आफूलाई साथ दिएकी सुजाता कोइरालालाई टिकट दिएका हुन् । रिजालसँगै महामन्त्री र अन्य पदाधिकारीमा पराजित भएका नेताहरुमध्ये अधिकांशलाई केन्द्रीय सदस्य मनोनित गर्दा पनि देउवाले उनलाई भने मनोनित गरेनन् ।

रिजालले महामन्त्रीमा पराजित भएपछि नैतिकताको कारण देखाउँदै रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । रिजाललाई अन्याय र प्रतिशोधविरुद्ध लड्न स्वतन्त्र उम्मेदवारी दिन कार्यकर्ताले दबाब दिएका छन् । मोरङमा मिनेन्द्र बलियो मानिन्छन् । उनी एमाले अध्यक्ष केपी ओलीसँग समेत केही समयअघिसम्म संवादमै थिए ।

टिकट नपाएपछि रिजालले पार्टीमा काम गर्ने र देशभरिका निरास साथीहरुसँग सहकार्य गर्ने बताएका छन् । देउवाले पार्टी बिगार्छन् भनेर उनको ठाउँमा अर्को बनाउनुपर्छ भनेरै आफू महाधिवेशनमा लागेको भन्दै रिजालले महाधिवेशनमा देउवा हुँदैनन् भनेर लागेको कुरा अहिले झन् पुष्टि भएको बताएका छन् ।

उनले देउवाले भने पनि अब केन्द्रीय समितिमा नजाने बताएका छन् । मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो । त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन् ।

Advertisement

विराटनगरलाई कोइराला समूहको प्रभाव क्षेत्र मानिन्छ । क्षेत्र नं. ४ र ५ मा भने नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ । कांग्रेस नेता महेश आचार्यले दावी गर्दै आएको मोरङ ४ माओवादीको भागमा परेपछि आचार्यले टिकट पाएका छैनन् ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top