×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

कुनैपनि कुराका लागि बाइडेनसँग वार्ता गर्नु आवश्यक ठान्दिनः पुटिन

२९ आश्विन २०७९

२९ असोज,एजेन्सी ।
साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर उक्त सहयोगको बाचा गरेका हुन् ।

युद्ध अन्त्यका लागि युवराजले मध्यस्थताका प्रयास जारी राख्न र डि–एस्केलेसनमा सहयोग गर्ने सबैलाई समर्थन गर्न तत्परता व्यक्त गरेको पनि प्राप्त विवरणहरुमा जनाइएको छ । यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको स्पष्ट पारेका छन् ।

Advertisement

कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, “अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।” रूसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उनले सो कुरा बताएका हुन् ।

फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट समेत अलगाव र आलोचनाको सामना गरिरहेका छन् । तर युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र हप्तौंदेखिको क्षेत्रीय क्षतिका बावजुद रूसले ‘सबै कुरा ठीक गरिरहेको’ उनले भनेका छन् । उनले भने, “आज जे भइरहेको छ, त्यो सुखद छैन । यदि रूसले फेब्रुअरीमा आक्रमण नगरेको भए हामी पनि त्यस्तै अवस्थामा हुने थियौं । केवल हाम्रो लागि स्थिति खराब हुने थियो ।” रूसी नेता पुटिनले थपे, “त्यसैले हामी सबै कुरा ठीक गरिरहेका छौं ।”

यस्तै पुटिनले आफूलाई अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्न आवश्यक नरहेको पनि बताएका छन् । युक्रेन युद्ध होस् वा अन्य कुनै अमेरिकी आक्रोश, राष्ट्रपति पुटिनले शुक्रबार अमेरिकासँग कुनै पनि वार्ताको सम्भावनालाई खारेज गरेका हुन् ।

नोभेम्बरमा हुने जी–२० शिखर सम्मेलनमा जो बाइडेनसँग छुट्टाछुट्टै भेट्ने सम्भावनाको बारेमा सोधिएको प्रश्नको जवाफमा पुटिनले भने, ‘हामीले उहाँलाई सोध्नुपर्छ कि उहाँ हामीसँग यसरी कुरा गर्न चाहनुहुन्छ वा चाहनुहुन्न । इमानदारीपूर्वक भन्नुपर्दा, म यसको कुनै आवश्यकता देख्दिन ।’ उनले इन्डोनेसियामा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने वा नहुने अझै सुनिश्चित भइनसकेको बताए । सञ्चारमाध्यमसँग कुरा गर्दै राष्ट्रपति पुटिनले भने, ‘त्यहाँ जाने मेरो योजना अझै पूरा भइसकेको छैन । रुस पक्कै पनि सहभागी हुनेछ । हामी अझै विचार गर्दैछौँ

Advertisement

राष्ट्रपति पुटिन पहिलो रुस–मध्य एसिया शिखर सम्मेलनमा सहभागी हुन कजाकिस्तान पुगेका छन् । यस साताको सुरुवातमा अमेरिकी राष्ट्रपतिले पनि पुटिनलाई भेट्नेबारे यस्तै बयान दिएका थिए । जो बाइडेनले भ्लादिमिर पुटिनलाई भेट्ने आफ्नो ‘कुनै मनसाय’ नभएको बताएका थिए । यद्यपि उनले वार्ताको सम्भावनालाई भने अस्वीकार गरेनन् ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top