×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

इमारान खानलाई सुनको AK–47 कसले दियो ?

६ कार्तिक २०७९

६ कात्तिक, एजेन्सी ।
आगामी पाँच वर्षका लागि चुनाव लड्न प्रतिबन्ध लगाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको मुस्किल दिनानु दिन बढ्दै गएको छ । सत्ताबाट बर्हिगमनपछि सरकारमाथिको निशाना र सत्तारुढ दलका तर्फबाट समेत पहिलो निशानामा परेका खानमाथि अहिले हत्या प्रयासको आरोप लागेको छ ।

इमरान विरुद्धको यो आरोपका कारण इस्लामाबादको सचिवालय पुलिस स्टेशनमा मुद्दा पनि दर्ता गरिएको छ। जियो टिभीले शनिबार दायर गरेको एफआईआर पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सांसद मोहसिन शाहनवाजा रञ्जाको हो भनेर बताएको छ। राँझाले आफूलाई पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का समर्थकहरूले निर्वाचन आयोगको कार्यालय बाहिर आक्रमण गरेको आरोप लगाएका छन्।

राँझाका अनुसार इमरानलाई तोषखाना मुद्दामा अयोग्य घोषित गर्ने निर्णयको विरोध गर्ने ती समर्थकहरू नै थिए। राँझाले आफ्नो एफआईआरमा भनेका छन् कि जब उनी तोषखाना मुद्दामा प्रतिवादीको रूपमा देखा परे, तब इमरानका समर्थकहरूले उनीमाथि हमला गरेका थिए। आयोगको कार्यालयबाट बाहिर निस्कनेबित्तिकै मार्ने नियतले समर्थकले आफूलाई निशाना बनाएको राँझाले बताएका छन् ।

शुक्रबार आयोगले इमरान खानको संसद सदस्यता खारेज गरेको थियो । विदेशी व्यक्तित्व र राष्ट्र प्रमुखले दिएको उपहार अवैध रूपमा बेचेको आरोप उनीमाथि लागेको छ । आयोगको निर्णयविरुद्ध पीटीआईका समर्थकहरुले देशभर विरोध प्रदर्शन गरिरहेका छन् ।

इमरान सन् २०१८ मा पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएका थिए र यसै वर्ष अप्रिलमा उनको कुर्सी गएको थियो । उनले अरब र युरोपेली देशको भ्रमणमा धेरै महँगो उपहार पाएका थिए। इमरानले सस्तो मूल्यमा किनेर ठूलो मुनाफामा बेचेको आरोप छ तोषखाना भनेको मन्त्रिपरिषद्को त्यो विभाग हो जहाँ अन्य देशका सरकार, राष्ट्र प्रमुख र विदेशी पाहुनाले दिने बहुमूल्य उपहारहरू राखिन्छन्।

पाकिस्तानमा प्रत्येक प्रधानमन्त्रीले आफूले पाएका सबै उपहारहरू जम्मा गर्नुपर्ने नियम छ, जुन देशको सम्पत्ति हो। इमरान र उनकी श्रीमती बुशरा बीबीले पाकिस्तान सरकारको कोष (तोशाखाना)बाट मात्र ४ करोड रुपैयाँ तिरेर १४.२ करोड रुपैयाँ बराबरको ११२ उपहार खोसेको आरोप छ ।

जसमा इमरान खानले विश्वका विभिन्न देशका सातवटा रोलेक्स घडी, अन्य महँगो घडी, सुन र हिराका गहना, महँगो कलम, सुनको कफ लिंक, सुनको एके ४७, लाखौं रुपैयाँको औँठी, डिनर सेट र अत्तरलगायत धेरै उपहार प्राप्त गरेका थिए । इमरान खानले यी उपहार सरकारी तोषाखानामा जम्मा गर्नुको सट्टा आफूसँग राखेका थिए ।

यसमा सबैभन्दा महँगो उपहार सुनौलो रोलेक्स घडी थियो। पाकिस्तान सरकारले यसको मूल्य ८ करोड ५० लाख रुपैयाँ अनुमान गरेको थियो । यो घडी इमरान खानलाई साउदी युवराज मोहम्मद बिन सलमान अल साउदले १८ सेप्टेम्बर २०१८ मा दिएका थिए। यो पाकिस्तानी राष्ट्र प्रमुखलाई दिइएको सबैभन्दा महँगो विदेशी उपहार हो। साउदी युवराजले इमरानलाई सुनको प्लेट भएको ब्प्–द्धठ पनि उपहार दिएका थिए।

यो जनवरी २०१९ मा पाकिस्तानको भ्रमण गरेका साउदी अरेबियाका राजकुमार अल साउदले खानलाई दिएका थिए। यस राइफलको बारेमा अहिलेसम्म कुनै जानकारी छैन् । पाकिस्तान सरकारको रेकर्ड अनुसार तोषाखानामा यो राइफल दर्ता नै गरिएको छैन।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top