×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

काठमाडौं ६मा राजनीतिक परीक्षा दिदै पूर्वआईजीपी

८ कार्तिक २०७९

८ कात्तिक , काठमाण्डौ ।
मंसिर ४ को निर्वाचनमा काठमाडौं उपत्यकाका सर्वाधिक चर्चाका क्षेत्रमध्ये एक हो, काठमाडौं क्षेत्र नं. ६ । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान र नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् ।

पूर्वरक्षामन्त्री प्रधानविरुद्व एमालेले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खनाललाई उभ्याएपछि यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको हो । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका तीन वडा (२६, २७ र २८), तारकेश्वर नगरपालिकाका आठ (१, २, ६, ७, ८, ९, १० र ११) तथा टोखा नगरपालिकाका पाँच (१, ८, ९, १० र ११) वडाहरू छन् ।

Advertisement
Advertisement

प्रधान ०६४ देखि निरन्तर यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् । उनी २०६४ मा माओवादी नेता हितमान शाक्यसँग पराजित भएपनि ०७० र ७४ मा भने विजयी भएका छन् । ०७० मा उनले नेकपा एमालेका नेता योगेश भट्टराईलाई पराजित गरे भने ०७४ मा उनले झक्कु सुवेदीलाई पराजित गरेका थिए ।

कांग्रेस काठमाडौंको जिल्ला सभापतिसमेत भएर काम गरिसकेका प्रधान चौथोपटक चुनावी मैदानमा छन् भने प्रहरीको जागिरबाट अवकाश पाएका खनाल पहिलो पटक राजनीति परीक्षा दिइरहेका छन् । राजनीतिमा प्रधानका अघि खनाल कच्चा देखिएपनि प्रतिनिधिसभा सदस्यकालागि उनीहरु बीच उच्च प्रतिस्पर्धा हुन सक्ने नेताहरूले बताउँछन् ।

यहाँ यी दुई वाहेक १३ राजनीतिक दलका उम्मेदवार छन् भने ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर उमेदवारहरुको सूची हेर्दा यहाँ मुख्य प्रतिष्पर्धा कांग्रेस र एमालेबीच हुने देखिन्छ । कांग्रेस उमेदवार प्रधान निर्वतमान सांसद् हुन् । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका तीनै वडा (२६, २७ र २८) नेपाली कांग्रेसले जितेको थियो ।

त्यस्तै, तारकेश्वरका आठमध्ये छ वटा कांग्रेसले जितेको थियो भने दुई वडामा नेकपा एमालेले जितेको थियो । टोखाका पाँचमध्ये चार वडा एमालेले जितेको थियो भने कांग्रेस एउटा वडामा खुम्चिएको थियो । कांग्रेस आफ्नो पुरानो सांगठनिक पकड र गठबन्धनको बलमा चुनावी परिणाम ल्याउने दाउमा छ भने एमालेले खनालको नाममा आउने लोकप्रिय मतले जित दिलाउनेमा आशावादी देखिन्छ ।

यही जन्मे, हुर्केर राजनीति गरेका कांग्रेस नेता प्रधान नेवारी समुदायमाझ लोकप्रिय मानिन्छन् । एमाले उम्मेदवार खनाल भने तनहुँमा जन्मिएका हुन् । तर जागिरे बुवाको साथ लागेर काठमाडौं आएका उनको बाल्यकाल र अध्ययन काठमाडौंमै गरेका थिए ।

०४५ सालमा प्रहरी जवानबाट जागिरे जीवन सुरू गरेका उनी प्रहरी महानिरीक्षकसम्म भए ।जागिरे जीवनमा दर्जनौँ अपराध अनुसन्धानमा सफल भएर चर्चा कमाएका उनी एक समय प्रहरीमा सेलिब्रेटी अफिसर नै थिए । उनी त्यही लोकप्रियताको बलमा चुनाव जित्ने योजनामा छन् ।

यद्यपि गुण्डा नाइके कुमार घैँटेको इन्काउन्टरदेखि अवकाश भएपछि सांसद अपहरणसम्मको आरोपले उनी विवादमा पनि परेका छन् । एमाले उम्मेदवार खनाल प्रहरी सेवामा आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई चुनाव क्षेत्र राष्ट्रको विकासमा लगाउने दाबी गर्छन् भने कांग्रेस उम्मेदवार प्रधान यसपटकको चुनावी प्रतिस्पर्धा कोही एउटा नेता र अर्को नेताबीचको मात्रै नभएको दाबी गर्छन ।

Advertisement

उनले संविधान जोगाउने सत्ता गठबन्धन भर्सेस संविधान मास्ने नेकपा एमालेबीचको प्रतिस्पर्धा भएको बताउने गरेका छन् । जितको दावी र आधार उम्मेदवारका आआफना भएपनि अब मंसिर ४ मा यस क्षेत्रमा रहेका ६२ हजार १०२ जना मतदाताको बहुमतले नै काठमाडौं ६को अबको सांसद छान्ने छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top