×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

आगामी वर्ष विश्वको तापक्रम थप बढ्ने

२१ कार्तिक २०७९

२१ कात्तिक, एजेन्सी ।
संयुक्त राष्ट्र संघको प्रतिवेदनले विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सम्झौता कार्यान्वयन नहुँदा चरम जलवायु संकटमा फस्ने स्थिति देखापरेको औँल्याएको छ । सन् २०१५ मा पेरिसमा भएको जलवायु परिवर्तन शिखर सम्मेलनमा विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्नका निम्ति आवश्यक नीति अबलम्बन गर्ने सम्झौता भएको थियो ।

त्यस सम्झौता पालना नभएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । इजिप्टमा जारी जलवायु परिवर्तन शिखर सम्मेलनमा राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले विगतका ८ वर्षमा हरेक वर्ष तापक्रम वृद्धि भएको औँल्याएको द गार्डियनले लेखेको छ । जलवायु परिवर्तनका कारण हिउँ द्रुत रूपमा पग्लिएको र समुन्द्री सतहसमेत ३० वर्ष यताकै दोब्बर रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement
Advertisement

तापक्रम नियन्त्रणका विषयमा गम्भीर नहुँदा पाकिस्तानदेखि पोर्तोरिकोसम्म अनपेक्षित रूपमा गर्मी बढेको प्रतिवेदनमा उल्लेख छ । कोप–२७ सम्मेलनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन्,‘जलवायु परिवर्तनका सवालमा गम्भीर नबनेमा हामी ठूलो संकटमा हुनेछौँ । विश्व मौसम विज्ञान संगठनले सन् २०२२ मा विश्व तापमान १.१५ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण गरेको छ ।

कार्बन तथा मिथेन उत्सर्जनलाई नियन्त्रण नगर्ने हो भने विश्वक तापमान २.५ डिग्री सेल्सियस पुग्ने प्रतिवेदनमा उल्लेख छ । कोप २७ अर्थात् संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष देशहरूको महासन्धिको २७ औँ सम्मेलन इजिप्टको पर्यटकीय सहर शर्म–एल–शेखमा जारी छ । मङ्सिर २ गतेसम्म चल्ने सम्मेलनमा झन्डै ३० हजार जना मानिस सहभागी हुनेछन् ।

विकसित देशहरूले हरित गृह ग्यास उत्सर्जन घटाउन दबाब दिइने मुद्दासँगै यो पटक हानी–नोक्सानी सम्बोधन र त्यसका लागि वित्त व्यवस्थापनको विषय मुख्यरूपमा छलफल हुनेछ । कोप २६ मा विकसित देशहरू हानी–नोक्सानी सम्बोधनका लागि आवश्यक पर्ने अलग्गै वित्तीय व्यवस्थापनमा असहत भएपछि त्यो विषय टुङ्गोमा पुग्न सकेको थिएन ।

सम्मेलन सुरु हुनुअघि नै यो विषयलाई कोपको कार्यसूचीमा राख्ने÷नराख्ने विषयमा बहस भएको छ । यो विषयमा विकसित देशहरूले असहमति जनाउँदै आएका छन् भने जलवायुजन्य क्षति बेहोरिरहेका देशहरूले हानी–नोक्सानीलाई मुख्य मुद्दा बनाउन जोड दिइरहेका छन् । कोप २७ मा नेपालले पर्वतीय मुद्दाको नेतृत्व गर्दैछ ।

Advertisement

सम्मेलनमा नेपालबाट महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेतृत्व गर्दै छिन् । कोप सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायत ४० देशका सरकार प्रमुखको सहभागिता हुने निश्चित भएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top