×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

प्रतिस्पर्धी विरामी भएपछि अस्पताल पुगे उम्मेदवार

२१ कार्तिक २०७९

२१ कात्तिक, मोरङ ।
आसन्न मंसिर ४ को निर्वाचन आउन अब दुई सातापनि बाँकी नरहेको अवस्थामा उम्मेदवारहरु मतदाताहरुलाई आफ्नो पक्षमा पार्न भ्याई नभ्याई रहेको अवस्थामा छन् । कतिपय उम्मेदवार विपक्षी र प्रतिस्पर्धी उम्मेदवारकै आलोचनामा समय विताउँदै आएका छन् भने केही उम्मेदवार निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धाको भावमा चुनावी एजेण्डा लिएर मतदाताका पुगिरहेका छन् ।

चुनावको मुखमा दुई प्रमुख प्रतिस्पर्धी मानिएका मोरङबाट प्रदेश १ को सदस्यका लागि उम्मेदवार बनेका जयराम यादव आफ्ना प्रतिस्पर्धी विरामी भएपछि चुनावी चटारो छाडेर अस्पताल पुगेका छन् । मोरङ ५ को २ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्यालसँग जनता समाजवादीबाट एमालेको समर्थनमा उम्मेदवार बनेका जयराम यादव चुनावी मैदानमा छन् ।

Advertisement
Advertisement

आफूसँगैका प्रतिस्पर्धी अर्याल अचानक विरामी भएपछि मत माग्न छाडेर यादव अर्याललाई भेट्न अस्पताल पुगेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आफू जनताका बीचमै रहेको अवस्थामा अर्याल विरामी भएको खबर थाहा पाएपछि आफु अस्पताल पुगेको र स्वास्थ्य लाभको कामना गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रदेश १ का स्वास्थ्य मन्त्री समेत रहेका यादवले जानकारी दिएका छन् ।

यादवको यो कदमलाई उच्च राजनीतिक संस्कार भन्दै सामाजिक संजालमा प्रंशंसा गरिएको छ । अर्याल भने आज विहान घरमै रहेको अवस्थामा नाकबाट अचानक रगत आउने समस्या भएपछि अस्पताल भर्ना भएका हुन् । अर्याल दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

उनले तत्कालीन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए। यस्तै जयराम यादव अघिल्लो निर्वाचनमा प्रदेशसभा (२) तर्फबाटै निर्वाचित भएका थिए । आर्याल प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । अर्यालको नाम मोरङ क्षेत्र नम्बर ४ र ५ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो ।

तर गठबन्धनको भागबण्डामा यी दुई वटै क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि अर्याल प्रदेशमा झरेका हुन् । उनलाई विजयी भए कांग्रेसबाट संभावित मुख्यमन्त्रीका रुपमा हेरिएको छ । तर यादवले भने आफ्नो जित पक्का रहेको भन्दै अहिले आफू जितको मतान्तर बढाउने अभियानमा रहेको बताएका छन् ।

क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा तर्फ एमाले–जसपा गठबन्धनबाट जसपा मोरङका अध्यक्ष राजकुमार यादव चुनावी मैदानमा छन्। यस्तै एमालेकै बागी स्वतन्त्रबाट योगेन्द्र मण्डलले पनि उमेदवारी दिएका छन्। विगतको निर्वाचनमा बाम गठबन्धनका उमेदवार शिवकुमार मण्डल, काँग्रेसका अमृत अर्याल र जसपाका राजकुमार यादववीच त्रिपक्षिय प्रतिस्पर्धा भएको थियो।

अहिलेको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार शिवकुमार मण्डल, एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादव र एमालेका बागी स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलबीच त्रिपक्षिय नै प्रतिस्पर्धा हुने देखिएको छ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top