×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

प्रचण्डले ज्ञानेन्द्र शाहीलाई प्रेतआत्मासँग दाँजेपछि

२२ कार्तिक २०७९

२२ कात्तिक, काठमाण्डौ ।
आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मिति नजिरहेका बेला उम्मेदवार र राजनीतिक दलका शीर्ष नेताहरु चुनाव प्रचारका लागि देशदौडामा निस्किएका छन् । तर चुनाव प्रचारमा रहेका दलहरुले यो बेला मतदातालाई आफ्ना चुनावी एजेण्डाका बारेमा प्रष्ट पार्नुको साटो विगत जस्तै विपक्षी माथि आरोप थोपर्दै आएका छन् ।

यसरी चुनावी सभामा विपक्षीमाथि खनिनेमा प्रधानमन्त्री समेत रहेका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सहित गठबन्धनकै शीर्ष नेताहरु पुष्पकमल दाहाल प्चण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराईदेखि चित्रबहादुर केसीसम्म रहेका छन् भने विपक्षी कित्ताबाट केपी शर्मा ओली, राजेन्द्र लिङदेन लगायत रहेका छन् ।

Advertisement
Advertisement

हरेक जसो नेताका चुनावी सभामा अहिले विपक्षीमाथि प्रहार नगरी कुनैपनि सभा सम्पन्न भएका उदाहरण भेट्न मुस्किल छ । यही परम्परा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दोहोर्याएका छन् । प्रचण्ड राप्रपाका प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि तल्लो स्तरमा झरेर खनिएका छन् ।

गठबन्धनका नेता कार्यकर्तालाई सम्बोधन गर्न जुम्ला पुगेका अध्यक्ष प्रचण्डले एमाले र राप्रपाका उम्मेदवारलाई मत दिए फेरि देशमा निरंकुशता फर्किने चेतावनी दिए। उनले ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै प्रेत–आत्माहरु जुम्लातिर पनि चिच्यारहेको टिप्पणी गरे। उनले भनेका छन् , ‘इतिहास र जनताको बलिदानले प्राप्त उपलब्धी उल्ट्याउन खोजिरहेछन्। प्रेतआत्माहरु जुम्लातिर पनि चिच्याइरहेको खबर सुनेको छु। यस्ता प्रेतआत्माहरुको चिच्यावट धेरै रहँदैन।

कर्णालीका जनताले यस्ता निरंकुशतावादी र प्रतिगमनकारीलाई परास्त गरी रेकर्ड कायम गर्नुहुनेछ।’ उनले कर्णालीबाट प्रतिगमनकारीलाई शून्य बनाएर छोडिदिन जुम्ली जनतालाई अनुरोध गरे। कर्णाली प्रदेश जागरण र परिवर्तनको पक्षमा हो भन्ने सन्देश यसपटक गठबन्धनका उम्मेदवारलाई जिताएर पुष्टि गर्न उनले आग्रह गरे।

यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहिले जनतासामू गएर मत माग्ने कुनै अधिकार नभएको बताए। उनले भने, ‘केपी ओलीलाई जनताका बीचमा गएर भोट माग्ने नैतिक अधिकार छैन। हिजो हाम्रो सहयोगमा बनेको दुई तिहाइको सरकार जोगाउन नसक्ने, लोकतन्त्र र संविधानमाथि घात गर्नेले कसरी भोट माग्न मिल्छ?’

यसबीच आजै गोरखाबाट सुर्खेत जाने क्रममा मौसमको खराबीका कारण मंगलबार बिहान सल्यानमा आकस्मिक अवतरण गरेका दाहालले निर्वाचनपछिको प्रधानमन्त्री को बन्ने भन्नेबारे टुंगो लागिनसकेको बताएका छन् । ‘मैले यसअघि प्रधानमन्त्रीको पद छाडेकाले आउने प्रधानमन्त्रीका लागि कुनै विवाद हुने देखिँदैन तर प्रधानमन्त्रीका लागि म नै हुनुपर्छ भन्ने छैन,’ उनले भनेका छन् ।

गठबन्धन भित्रबाट चुनावपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने लगातार नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउदै आएका छन् । यसैप्रति लक्षित गर्दै सोमबार मात्रै पोखरामा उमाले अध्यक्ष ओलीले ओलीले गठबन्धनभित्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अबको प्रधानमन्त्रीको विषयलाई लिएर विवाद हुने जिकिर गरेका थिए ।

ओलीले गठबन्धनलाई कलह, अस्थिरता र झमेलाको संज्ञा दिदै गठबन्धनका ६ वटा पार्टी ६ तर्फ मुख गरेर फर्किएको भन्दै शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुन्छु भन्दा प्रचण्ड झस्किएको बताए । ‘कांग्रेसका थुप्रा मान्छेले आफू प्रधानमन्त्री भनेका छन्, माओवादीकाले आफू भनेका छन् । विभिन्न पार्टीले प्रधानमन्त्री आ–आफ्ना तोकेका छन्’, ओलीले भनेका थिए ‘गठबन्धनको प्रधानमन्त्री को हो ? घोषणपत्र के हो ? केही छैन् ।’

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top