२२ कात्तिक, काठमाडौं ।
आज मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जको कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो ।२.५७ अंकले घटेसँगै नेप्से परिसूचक १९ सय ५६ अंकमा आएर रोकिएको छ ।
यसक्रममा आज १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको २७ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक घटेको दिन आज सेन्सेटिभ समूहमा समेत २.५७ अंकको गिरावट आएको छ ।
यसक्रममा आज ४ वटा समूहमा भने वृद्धि देखिएको छ । वित्त समूह ४ अंकले बढेको दिन निर्जीवन बीमा कम्पनी समूह २३ अंकले बढेको छ । यस्तै, अन्य समूहमा १४ र जीवन बीमा समूहमा ९३ अंकको वृद्धि आएको छ ।यसबाहेक, लघुवित्त समूह २७ अंकले घटेको छ ।
उत्पादनमूलक समूह ३६ अंकले घट्दा व्यापार समूह २९ अंकले र जलविद्युत समूह १२ अंकले घटेको छ ।यस्तै, बैंक र होटल समूहमा समान ३र३ अंकको गिरावट आएको छ । आज लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेको छ । यससँगै, यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ सय ७९ रुपैयाँ पुगेको छ ।