×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

स्थिर अवधिमा गर्नै नहुने काम के–के हुन् ?

२ मंसिर २०७९

२ मंसिर, काठमाण्डौ ।
आइतबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थिर अवधि जारी रहेको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि स्थिर अवधि सुरु हुने व्यवस्था छ । अब मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मका लागि स्थिर अवधि लागु हुन्छ ।

निर्वाचन आयोगले स्थिर अवधिमा चुनावी प्रचारप्रसार गरे दल तथा उमेदवारलाई २५ हजार रुपैयाँ जरिबाना गराउने चेतावनी दिएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) अनुसार कसैले पनि स्थिर अवधिभर कुनै उमेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाउँदैन ।

Advertisement
Advertisement

आयोगले स्थिर अवधिमा राजनीतिक दल वा उमेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्न रोक लगाएको छ । मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठीगायत निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि गर्न पाइने छैन ।

साथै फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, सेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा हटाउनुपर्ने छ । गएराति १२ बजेपछि सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन गर्न पाइने छैन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन यही मंसिर ४ गते हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोग र गृह मन्त्रालयले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदातासमक्ष आग्रह गरेका छन् । मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र लिएर जानु पर्नेछ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानको दिन मतदान केन्द्रमा जाँदा आयोगबाट जारी भएको सक्कल मतदाता परिचयपत्र लिएर जानु पर्ने आयोगले स्पष्ट पारेको छ ।

Advertisement

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र हराएको खण्डमा अथवा साथमा नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र लिएर गए पनि मतदान गर्न पाउनेछन् । यसबाहेक राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपूर्जा, राहदानी, सवारीचालक अनुमतिपत्र भए पनि मतदान गर्न पाइनेछ । तर, यी कागजातको सक्कलप्रति नै लिएर जानु पर्नेछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top