×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

विश्वकपमा आज महा भिडन्त

८ मंसिर २०७९

८ मंसिर,एजेन्सी ।
कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘जी’ र ‘एच’ का समान दुई खेल गरी चार खेल हुँदै छन् । कतारको अल जानौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको स्विट्जरल्यान्डले क्यामरुनको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वेले दक्षिण कोरियाविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । यसैगरी राति ९ः४५ बजेदेखि रंगशाला ९७४ मा सुरु हुने आजको तेस्रो खेलमा समूह ’एच’ मा रहेको पोर्चुगलले घानाविरुद्ध खेल्नेछ ।

Advertisement
Advertisement

यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ’जी’ को सर्बियाले ब्राजिलसामु चुनौती प्रस्तुत गर्दै छ । यो खेल कतार विश्वकपकै सबैभन्दा ठूलो लुसैल रंगशालामा हुनेछ । लुसैल रंगशालामा ८० हजार दर्शक क्षमताको छ । फिफा विश्वपकमा आज (बिहीबार) हुने चार खेलमध्ये तेस्रो खेलमा ‘अन्डर डग’ पोर्चुगलले अफ्रिकी ‘पावर हाउस’ घानाविरुद्ध खेल्दै छ ।

समूह ‘एच’ पोर्चुगल र घानासँगै उरुग्वे र दक्षिण कोरिया गरी चार बलिया टिम रहेकाले विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाउँन दुवै टिमलाई आज जितको दबाब छ । चार महादेशका बलिया टिम रहेकाले यो समूहलाई विश्वकपको ‘ग्रुप आफ डेथ’ को रूपमा चित्रण गरिएको छ ।

घानाविरुद्ध मैदान उत्रिँदा पोर्चुगल हालैमात्र म्यानचेस्टर युनाइटेडसँगको आफ्नो व्यवसायिक करियर टुंग्याएका फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहनेछ । पछिल्लो पटक सन् २००६ मा विश्वकपको सेमिफाइनल पुगेको पोर्चुगलले त्यसयता अन्तिम १६ भन्दा माथिको यात्रा तय गर्न सकेको छैन ।

तर, कतार विश्वकपका भने पोर्चुगललाई पनि सेमिफाइनल पुग्नसक्ने सम्भावित चार टिममध्ये एकको रुपमा लिइएको छ । विश्वकपमा आगामी यात्रा बलियो बनाउँन पनि आज पोर्चुगल जितको लक्ष्यमा हुनेछ । विश्वकपको लगातार चार संस्करणमा गोल गर्ने चार खेलाडीमध्ये रोनाल्डो पनि एक हुन् ।

रोनाल्डोले खेलको सन् २००६, २०२०, २०१४ र २०१८ गरी चारै विश्वकपमा गोल गरेका छन् । आज घानाविरुद्ध गोल गरे रोनाल्डो विश्वकपको लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो र एकमात्र खेलाडी बन्नेछन् ।

यता, घानालाई यो समूहकै सबैभन्दा कमजोर टिमको रूपमा चित्रण गरिए पनि अफ्रिकी ‘पावर हाउस’ विश्वकपमा जुनसुकै टिमलाई पनि हराउँन सक्ने क्षमता राख्छ । घानाले सन् २०१० मा अप्रत्यासित रुपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । विश्वकपको क्वार्टरफाइनल खेल्ने घाना पछिल्लो अफ्रिकी राष्ट्र हो ।

त्यससता अफ्रिकाका कुनै पनि टिम क्वार्टरफाइनल पुग्न सकेका छैनन् । पछिल्लो पटक सन् २०१४ को विश्वकप खेलेको घानाले त्यसबेला पनि पोर्चुगललाई समूह चरणमा प्रतिद्वन्द्वीको रुपमा पाएको थियो । जहाँ क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले घानालाई २–१ पराजित गरेको थियो ।

यस्तै पाँच पटकको विश्वविजेता ब्राजिलले आज समूह ‘जी’ मा सर्वियाविरुद्ध खेल्दै कतार विश्वकपमा आफ्नो यात्रा सुरु गर्नेछ । यो विश्वकपको प्रमुख दाबेदार मानिएको ब्राजिल पाँच पटक विश्वविजेता रहे पनि सन् २००२ यता फाइनल पुग्न सकेको छैन । सन् २०१४ मा आफ्नै भूमीमा आयोजित विश्वकपको सेमिफाइनलमा पुगेको ब्राजिल त्यसबेला जर्मनीसँग ७–१ को लज्जास्पद नतिजामा पराजित भएको थियो ।

पछिल्लो संस्करणको क्वार्टरफाइनलसम्म पुगेको ब्राजिल त्यहाँ पनि बेल्जियमसँग पराजित भएको थियो । ब्राजिल विश्वकपको पहिलो संस्करणदेखि हालसम्मका सबै संस्करण खेल्ने एकमात्र टिम हो । टिटेको प्रशिक्षणमा रहेको ब्राजिल विश्वकपको समूह चरणका पछिल्लो १५ खेलमा हार बेहोरेको छैन ।

यस्तै, ब्राजिल सन् १९८२ यता समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । तुलनात्मक रुपमा सर्वियालाई भने समूह ‘जी’ को कमजोर टिमको रूपमा लिइएको छ । सर्वियाले विश्वकपको पछिल्लो तीन संस्करणमा समूह चरण पार गर्न सकेको छैन ।

तर, विश्वकपको छनोटमा आठ खेलमा अपराजित रहँदै कतार आएको सर्विया ब्राजिलका लागि सहज प्रतिद्वन्द्वी नहुने पक्का छ । विश्वकपको पछिल्लो संस्करणमा पनि ब्राजिल र सर्विया एकै समूहमा थिए । जहाँ ब्राजिलले सर्वियालाई २–० ले पराजित गरेको थियो । फरवार्ड नेइमार यो खेलमा प्रभाव पार्न सक्ने ब्राजिलका खेलाडी हुन् ।

Advertisement

ब्राजिलको सर्वकालीन उच्च गोलकर्ता बन्ने दौडमा रहेका नेइमारले अब तीन गोल गरे पेलेको नाममा रहेको यो कीर्तिमान आफ्नो नाममा बनाउनेछन् । नेइमारले विश्वकपको पछिल्लो दुई संस्करणमा ६ गोल र दुई असिस्ट गरेका छन् । एलेक्जान्ड्रो मिट्रोभिच सर्वियाबाट खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन् । विश्वकपको छनोटमा सर्वियाले खेलेको आठ खेलमा उनले आठ गोल गरेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top