×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026

बालेनलाई ओलीको प्रश्न, सुकुम्बासी बस्तीमा किन तमासा गरेको ?

१३ मंसिर २०७९

१३ मंसिर,काठमाण्डौ ।
आम निर्वाचनको अन्तिममत परिणाम आउँदै गर्दा निर्वाचनपछि पहिलो पटक सार्वजनिक समारोहमा लामो मन्तब्य राखेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको भन्दै आशंका जनाएका छन् ।

पार्टी गठनको छोटो समयमै सहभागिता जनाएको प्रतिनिधि सभाको निर्वाचनमा उत्साहजनक नतिजा निकालेको रवि लामिछाने नेतृत्वको रास्वपालाई ओलीले एउटा अमेरिकी पार्टीको फोटोकपी भएको टिप्पणी गरेका छन् । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै ओलीले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा पनि कसरी भयो भन्दै प्रश्न गरेका छन् ।

उनले भने–‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला ।’

उनले यसबारे थप टिप्पणी गर्ने पक्षमा आफू नरहेको समेत उल्लेख गरे । आम निर्वाचनबाट रवि लामिछाने नेतृत्वको सो पार्टी उदाएको छ । सो पार्टीले प्रतिनिधिसभामा ७ सिट जितेको छ भने समानुपातिकमा पनि उल्लेख्य मतसहित राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ ।

यस्तै ओलीले बागमती किनारामा रहेका सुकुम्बासी हटाउनका लागि काठमाडौं महानगरपालिकाले थालेको अभियानको पनि आलोचना गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नाम नलिए पनि उनलाई लक्षित गर्दै ओलीले आलोचना गरेका छन् । उनले सुकुम्बासी बस्तीमा तमासा भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘तपाईंहरुले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गर्थ्यौ,’ ओलीले भने, ‘त्यो के गरेको, उन्मादले समस्या समाधान हुँदैन ।’

काठमाडौं महानगरका नगरप्रहरी प्रमुखले सुकुम्बासी बस्ती हटाउन सरकारले सहयोग नगरेको गुनासो गरेका थिए । ओलीले फुसका छाप्रा भत्काउन डोजर लगिएको भन्दै व्यंग्य पनि गरे । भने, ‘छाप्रा भत्काउन पनि डोजर, मान्छे कुल्चिन डोजर ।’

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top