×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

विश्वकपमा आज समूह चरणका अन्तिम खेल, पोर्चुगल हारेपनि १६ मा

१६ मंसिर २०७९

१६ मंसिर,एजेन्सी ।
कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् । समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस्तै समूह जी मा रहेको ब्राजिल र क्यामरुन तथा स्वीजरल्याण्ड र सर्वियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ ।

आजको खेलपछि अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ । अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । समूह एदेखि समूह ईसम्मका विजेता र उपविजेताको छिनोफानो भइसकेको छ । यस्तै समूह जी बाट ब्राजिल तथा समूह एचबाट पोर्चुगलले पनि अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् ।

Advertisement
Advertisement

अब आजको खेलपछि अन्तिम दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् र अन्तिम १६ को समीकरण पनि पूरा हुनेछ । अहिलेसम्म सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको छ । जसमा युरोपबाट सबैभन्दा धेरै ७ टिम छन् । यस्तै अफ्रिकाबाट मोरक्को र सेनेगल, दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना, एसियाबाट अष्ट्रेलिया र जापान अनि उत्तर अमेरिकाबाट अमेरिकाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ भने बाँकी तीन टिम एक स्थानका लागि प्रतिस्पर्धामा छन् । दक्षिण कोरिया, उरुग्वे र घाना मध्ये एक टिम मात्र अन्तिम १६ मा पुग्नेछन् । पोर्चुगलले यसअघि घाना र उरुग्वेलाई हराएर अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ । पोर्चुगल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

एक खेलमा जित निकालेको घाना ३ अंकसहित दोस्रो स्थानमा छ भने उरुग्वे र साउथ कोरियाको समान १ अंक छ । पोर्चुगलले अन्तिम १६ मा स्थान बनाइसकेकोले अब उसको नजर समूह विजेता बन्नेमा हुनेछ । दक्षिण कोरिया विरुद्ध बराबरी खेलेमा पनि पोर्चुगल समूह विजेता बन्नेछ । यदी उरुग्वे र घानाले बराबरी खेलेमा कोरियासँग पराजित भए पनि पोर्चुगल समूह विजेता बन्नेछ ।

कोरियाको लागि भने नकआउट चरणमा पुग्नका लागि पोर्चुगललाई हराएर मात्र पुग्दैन अर्को खेलमा घानाले उरुग्वेसँग बराबरी खेल्नुपर्नेछ वा उरुग्वेले पनि घानालाई हराउनुपर्नेछ । यदी कोरिया र उरुग्वेले आफ्नो खेल जिते दुवैको समान ४ अंक हुनेछ र यस्तोमा गोलअन्तर निर्णायक हुनेछ । यसअघि कोरिया र उरुग्वेले गोलरहित बराबरी खेलेका थिए ।

Advertisement

उरुग्वेको हकमा भने घानालाई पराजित गर्नुपर्नेछ भने कोरिया पोर्चुगलसँग पराजित हुनुपर्नेछ । यस्तो नतिजा आएमा उरुग्वे समूह उपविजेता बन्दै अन्तिम १६ मा पुग्नेछ । घाना भने उरुग्वेलाई पराजित गरे सिधै अन्तिम १६ मा पुग्नेछ । उरुग्वेसँग पराजित भएमा भने घाना बाहिरिनेछ । यस्तै उरुग्वेसँग बराबरी खेलेमा पनि घानाको अघि बढ्ने सम्भावना कायम रहनेछ । यसका लागि अर्को खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top