सुनको भाउ प्रतितोला ९९ हजार नाघ्यो ,कतिमा हुदैछ कारोबार?

१६ मंसिर ७९, शुक्रबार
Share this
766shares

१६ मंसिर,काठमाडौं ।

Advertisement

नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ।अघिल्लो कारोबार दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top