×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घेराबन्दीमा परेका बालेनलाई हर्कको साथ

१७ मंसिर २०७९

१७ मंसिर, काठमाण्डौ ।
गत वैशाखमा भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङ निर्वाचित भएको केही समय नवित्दै उनीहरु आरोप्रत्यारोपमा उत्रिए । एकले अर्कालाई गिज्याउँने, दोष लगाउने गर्न थाले । सामाजिक संजालमा उनीहरुको जुहारी चलिरहँदा स्वतन्त्र जनप्रतिनिधि चुनेका मतदाताहरु भने निराश भए ।

बालेन र हर्कबीच पटक पटक जुहारी चलिरहँदा केहीले उनीहरुलाई त्यसो नगर्न सुझाए भने केहीले कटाक्ष पनि गरे । तर पछिल्लो समय यो जोडीबीच सामाजिक संजालमा नै मित्रता बढ्दै गएको देखिन्छ । अहिले उनीहरू दुवैले एकअर्कालाई समर्थन र प्रशंसा गर्न थालेका छन् । सामाजिक सञ्जालमा एकअर्काले लेखेका कुरा सेयर गरिदिने गरेका छन् ।

Advertisement

यसैक्रममा धरानका मेयरले काठमाडौंका मेयरलाई पुनः एक पटक आफ्नो साथ रहेको बताएका छन् । एमाले नेता भीम रावलले अमेरिकी राजदूतसँग भेटवार्ताको संदर्भमा बालेनले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेट गरेको हो कि नलिईकन भनेर सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका थिए । त्यसमा बालेन्द्रले पनि कडा जवाफ फर्काएका छन् ।

बालेनको यो जवाफलाई हर्कले पनि सामाजिक संजालमा सेयर गर्दै आफ्नो साथ रहेको लेखेका हुन् । हर्कले बालेनलाई घेराबन्दीमा पारिएको र त्यसो गर्नु निन्दनीय भएको जनाएका छन् । स्वतन्त्र मेयरलाई काम गर्न नदिएको भन्दै उनले अब स्वतन्त्रहरू एक हुनु पर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –’कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’

 

पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन् । फोहोर ब्यवस्थापन, फुटपाथ, पार्किंग, टुकुचा खोलादेखि अहिले सुकुम्बासी बस्तीसम्म बालेनको नेतृत्वमा महानगर अघि बढेसंगै उनीविरुद्ध दलका शिर्ष नेताहरुले प्रश्न उठाएका छन् ।

Advertisement

यस्तै कहिले अदालतको आदेश त कहिले सरोकारवाला निकाय तथा आन्दोलनमा उत्रिएकाहरुका कारण महानगरले सुरु गरेको काममा पछाडि फर्किनु परेको छ । यसैबीच धरानका मेयरले काठमाडौंका मेयरलाई अरु कसैले साथ नदिए पनि आफ्नो साथ रहने बताएका हुन् ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top