२९ मंसिर,एजेन्सी ।
टेस्ला, स्पेसएक्स र ट्वीटरका मालिक एलोन मस्कले विश्वकै धनीको उपाधि गुमाएका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बर्नार्ड अर्नाल्टले उनको स्थानमा लिएका छन्। उनी अहिले विश्वकै धनी व्यक्ति बनेका छन् । ट्विटरको अधिग्रहण पछि मस्कलाई ठूलो धक्का लागेको छ। अर्नाल्ट फेसनको विशाल कम्पनी ीख्ःज् को प्रमुख छन्।
५१ वर्षीय एलोन मस्कको सम्पत्ति यस वर्ष अहिलेसम्म करिब १०० अर्ब डलरले घटेको छ । उनको कुल सम्पत्ति १६८ दशमलव ५ अरब डलरमा झरेको छ, जबकि ७३ वर्षीय अर्नाल्टको सम्पत्ति १७२ दशमलव ९ अबर डलर थियो। अर्नाल्टको सम्पत्तिमा ीख्ःज् को ४८ प्रतिशत हिस्सा छ। फोर्ब्सका अनुसार यो समूहसँग लगभग ७० फेसन र ब्यूटी ब्रान्डहरू छन्।
एलोन मस्कको लागि यो वर्ष आर्थिक रूपमा खराब रह्यो। उनको सम्पत्तिको मूल्य ह्वात्तै घटेको छ । हालसालै उनले ४४ बिलियन डलरमा विश्वको अग्रणी माइक्रो ब्लगिङ साइट ट्विटर खरिद गरेका छन् । यसपछि आफ्ना कम्पनीको शेयर मूल्यमा आएको गिरावटका कारण उनी आर्थिक संकटमा परेका छन् ।
उनको प्रमुख कम्पनी टेस्लाको स्टक यो वर्ष ५० प्रतिशतले घटेको छ । मस्कले पनि ट्विटर अधिग्रहणबाट पछि हट्ने प्रयास गरे, तर अदालतको झगडाको कारणले यसलाई किन्नुप¥यो। ट्विटर प्राप्त गर्न उनले टेस्लाको १५ अर्ब डलरभन्दा बढीको शेयर बेच्नुप¥यो। जब मस्कले अक्टोबरमा ट्विटरको अधिग्रहणलाई अन्तिम रूप दिए, ब्लूमबर्ग वेल्थ इन्डेक्सले उनको कुल सम्पत्ति १० अर्ब डलर घटायो।
ट्विटरको अधिग्रहण पछि, मस्कले यसमा व्यापक परिवर्तन गर्दै आएका छन्। कटौती र नीतिगत परिवर्तन जस्ता कदमहरू पनि उठाइएका छन्, तर यीसँगै विवादहरू पनि उठेका छन् । आर्थिक संकटतर्फ तीव्र रुपमा ओरालो यात्रा तय गरिरहेका मस्कले विद्युतीय कार कम्पनी टेस्लाको ३.६ अर्ब अमेरिकी डलरबराबरको सेयर बेचेका छन् ।
“अर्बपति मस्कले टेस्लाको अर्को २२ मिलियन डलर सेयर बेचेका छन्, जसको मूल्य ३.५८ बिलियन डलरबराबर छ,” बीबीसीले उल्लेख गरेको छ । उक्त सेयर यो साताको सोमबार, मंगलबार र बुधबार बिक्री गरिएको अमेरिकी वित्तीय नियामक संस्थाले जनाएको छ । मस्कको पछिल्लो सेयर बिक्रीको कारण भने खुलाइएको छैन ।