५ पौष , एजेन्सी ।
टर्कीएको बायरकटार टिबी २ ड्रोन निर्माता कम्पनी बायकरले नयाँ जेट इन्जिनबाट संचालित ड्रोन निर्माण गरेको छ। यो नयाँ ड्रोनले आफ्नो पहिलो उडान पूरा गरेको बाइकरले बताएको छ । यो ड्रोनलाई किजिलेल्मा नाम दिइएको छ । बाइकरले किजिलेल्मा अर्थात (गोल्डेन एप्पल) यूसिएभी उडेको र त्यसपछि एयरबेसमा फर्किएको भिडियो जारी गरेको छ ।
यो परीक्षण इस्तानबुलबाट ८५ किलोमिटर पश्चिममा उत्तरपश्चिमी कोर्लु प्रान्तमा गरिएको बताइएको छ । विश्वव्यापी एयर ट्राफिक ट्र्याकरको फ्लाइटराडार डाटाले बुधवार कोर्लु एयरपोर्टमा कल साइन द्यथ्प्ण्ठ भएको अज्ञात विमान देखाएको छ । बाइकरका प्रमुख प्राविधिक अधिकारी सेलुक बेराक्तारले किजिलेल्मा ड्रोनले सफलतापूर्वक आफ्नो पहिलो उडान पूरा गरेको बताएका छन् ।
यो ड्रोन टर्कीका बाँकी ड्रोनहरू भन्दा धेरै छिटो रहेको र धेरै मिसाइलहरूसँग उड्न सक्ने डिफेन्स न्यूज डटकमले जनाएको छ । जेट इन्जिनले सुसज्जित यो नयाँ टर्कीए ड्रोन बाहिरबाट पाँचौं पुस्ताको लडाकु विमान जस्तो देखिन्छ। बिकार काराका अनुसार परम्परागत ड्रोन मिसनका अतिरिक्त किजिलेल्मा हावाबाट हावामा लड्न सक्षम हुनेछ ।
ड्रोनलाई त्यस्ता अपरेशनका लागि उपयुक्त मानिनन् । टकीर्एको सस्तो ड्रोनको संसारभर माग छ। टर्कीएको बायकर टिबी २ ड्रोनले रुस–युक्रेन युद्धको तस्वीर परिवर्तन गरेको छ। युक्रेनले यस ड्रोनको सहयोगमा रुसका धेरै सैन्य अड्डा, युद्धपोत र बख्तरबंद गाडीलाई निशाना बनाएको छ ।
यसबाहेक यो ड्रोन आर्मेनिया–अजरबैजान युद्धमा पनि प्रयोग भएको थियो। यो ड्रोनले टर्कीको पक्षबाट लिबिया, सिरिया र इराकमा पनि आफ्नो क्षमता प्रमाणित गरेको छ । यस्तो अवस्थामा मलेसिया, इन्डोनेसिया जस्ता देशले पनि यो ड्रोन किनिरहेका छन् । यस्ता २० वटा ड्रोन युएईलाई हस्तान्तरण गरिसकेका छन् ।