महामारीमा विश्व रेकर्ड बनाउँदै चीन

९ पौष,एजेन्सी ।
यो हप्ता चीनमा लगभग ३ करोड ७० लाख मानिस एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठुलो सङ्ख्यामा महामारी बताइएको छ ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसङ्ख्याको झन्डै १८ प्रतिशतमा यो भाइरसको सङ्क्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बुधबार सम्पन्न आन्तरिक बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका छन् ।

बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसङ्ख्यामा अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरियन्टहरूको अव्यवस्थित फैलावट भएको छ । समाचार एजेन्सीहरुको अनुमान अनुसार चीनको दक्षिण पश्चिममा रहेको सिचुआन प्रान्त र राजधानी बेइजिङका आधाभन्दा बढी बासिन्दाहरू सङ्क्रमित भएका छन् ।

चौतर्फी विरोधपछि चीनले केही दिनअघि शून्यकोभिड नीति अन्त्य गरेको थियो । अहिले चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमण बढ्दै गएको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो ।

चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेका समेत जनाएको छ । जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले बेइजिङमा कोभिडको गम्भीर सङ्क्रमण बढ्दै गएको स्वास्थ्य विज्ञले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको छ । पछिल्ला दिनमा अस्पतालमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top