×

NEPAL TIMES UPDATES

Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

एमाले झन बलियो,स्वतन्त्र सांसद थपिए

१९ पुष २०७९

१९ पौष, काठमाण्डौ ।
रौतहट–२ बाट प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार साँझ सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो ।

साह रौटहट–२ बाट ३२ हजार ८४२ मत प्राप्त गरी निर्वाचित भएका थिए । साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्वमन्त्री महम्मद आफताव आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए ।

उनी एमाले प्रवेश गरेसंगै अब एमालेको प्रतिनिधि सभामा सिट सङ्ख्या ७९ पुगेको छ । २०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

चुनाव जितेपछि उनी पुनः एमालेमै फर्किएका हुन् । साहलाई हालै प्रभु साहले खोलेको आम जनता पार्टीमा राखिएको थियो तर उनले उक्त पार्टीमा बस्न अस्वीकार गरेका थिए । साहलाई आम जनता पार्टीको संसदीय विभाग प्रमुख बनाइएको थियो । साहले प्रभुलाई छोड्दा एमालेका पूर्व नेता तथा पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर भने उनको साथमा आएका छन् ।

पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई मानन्धरले साथ दिने भएका छन् । लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो ।

मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले बताएका छन् । २०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट स्वतन्त्र सांसद उम्मेदवार बनेका थिए ।

साहले भने नेकपा एमालेबाट टिकट लिएर पनि रौतहटमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै चुनाव जितेका थिए । र आफू निकटलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए । तिनै स्वतन्त्रहरुलाई साथ लिएर साहले आम जनता पार्टी गठन गरेका छन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top