सुनतस्करी प्रकरण : २३ जनाको अन्तिम आदेश हुन बाँकी

सुनतस्करी प्रकरण : २३ जनाको अन्तिम आदेश हुन बाँकी

विराटनगर ः जिल्ला अदालत मोरङका न्यायाधिश नारायणप्रसाद शर्माको एकल इजलासले पहिलोपटक ८ जेठमा ३० अभियुक्त मध्ये २८ जना र त्यससछि विभिन्न मितिमा ६ जनालाई सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।

पुर्पक्षका लागि थुनामा बसेर अपिल गरिरहेका ३० जना अभियुक्तले जिल्ला अदालत मोरङको आदेश उल्ट्याउन माग गर्दै निवेदन दिएका छन् ।निवेदन दिएका मध्ये पुर्व डीआईजी गोविन्द निरौला, निलम्बित एसएसपी श्यामकुमार खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जय बहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल सहित २३ जनाको उच्च अदालतबाट आदेश हुन बाँकी छ ।आजको उद्घोष दैनिकमा समाचार छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.