×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

कोभिड लगत्तै चिनियाँ अर्थतन्त्र सक्रिय, विश्व चकित

१५ माघ २०७९

१५ माघ, एजेन्सी ।
पछिल्ला वर्ष कोभिड माहामारीले थलिएको चीनले कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु पmुकुवा गर्दै आर्थिक व्यवस्थालाई पूर्णरुपमा सक्रिय पार्दै लगेको छ । यसले सिंगो विश्व अर्थतन्त्रमा फेरि पनि तरंग ल्याउन सक्ने चर्चा सुरु भएको छ । किनभने चीनको बलियो अर्थतन्त्र प्रायः विश्वव्यापी आर्थिक वृद्धिको प्रमुख संकेत हो ।

चीनको चलायमान आर्थिक गतिविधिले विश्वव्यापी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अर्थशास्त्रीहरुको टिप्पणी पनि रहँदै आएको छ । यस्तोमा चिनियाँ अर्थतन्त्र चलायमान हुँदा मन्दी उन्मुख विश्व अर्थतन्त्रलाई केही राहत पुग्ने समीक्षकहरुको धारणा छ । जब जब चीनले आर्थिक वृद्धिमा गति लिन्छ, विश्वका बाँकी भागबाट आयात र विश्वव्यापी व्यापारले पनि गति लिन थाल्छ ।

Advertisement

जसले विश्वयापी अर्थतन्त्रलाई बलियो बनाउने गरेको इतिहास छ । तर, जुन आर्थिक तरंगको अपेक्षा गरिएको छ, यस पटक भने केही फरक दृष्य देखिने केही विश्लेषकहरुको तर्क छ । कतिपयले यो समय कोभिड अगाडिको जसरी चीनका लागि सहज नभएको बताएका छन्। किनभने कोभिड संक्रमणविरुद्ध चीनले कडा नियम लगायो ।

त्यसले लामो समय चिनियाँ उद्योग–व्यापार प्रभावित भयो । कमजोर बनेको चिनियाँ अर्थतन्त्रमा अझैसम्म महामारीको असर अझै बाँकी छ । ‘चीनले पुनः व्यापार खोल्दा विश्वको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने इतिहास नदोहोरिने सम्भावना अधिक छ । दोहोरिए पनि प्रभाव अघिल्लो पटक जस्तो हुने छैन ।

किनकि व्यापक मौद्रिक कडाइको परिणाम विश्वव्यापी रुपमा माग सुस्त हुँदैछ,’ अमेरिकी बहुराष्ट्रिय इन्भेन्टमेन्ट कम्पनी मोर्गन स्टेनलीले गत बुधवार एक विज्ञप्तिमा उल्लेख गरेको थियो । नोटमा विश्व आर्थिक वृद्धिदर यो वर्ष २.६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । २०२२ मा अपेक्षित वृद्धिदर ३ प्रतिशत थियो ।

चालु वर्ष आर्थिक मन्दी टार्न लगाउनुपर्ने उपायमा शक्ति राष्ट्रहरुको बलियो आर्थिक नीति अझै प्रभावी देखिइसकेको छैन । धेरै वर्ष कोभिडका कारण अपनाइएका प्रतिबन्धहरूले चिनियाँहरूलाई घरमा बस्न बाध्य तुल्याएको थियो। जसले गर्दा उनीहरु अतिरिक्त आम्दानी खर्च गर्नुको सट्टा बचतमा केन्द्रित भएका थिए ।

बेइजिङको ‘जीरो कोभिड’ नीतिले अवस्था झन् असहज बनाएको हो । पिपुल्स बैंक अफ चाइनाको तथ्यांक अनुसार २०२२ मा चिनियाँहरुको निक्षेप १७.८ ट्रिलियन यूआन अर्थात् २.६ ट्रिलियन अमेरिकी डलरले वृद्धि भएको थियो। जुन २०२१ मा ९.९ ट्रिलियन यूआन बढेको थियो । तर, महामारीको समयमा बन्द सेवा पुनः सुरु भएलगत्तै चिनियाँ उपभोक्ताले प्रशस्त खर्च गर्ने अपेक्षा गरिएको छ ।

वस्तुको सट्टा सेवामा हुने व्यापक खर्चले बाह्य क्षेत्र नभइ चीनको आन्तिरक वृद्धिलाई मात्र बढावा दिने देखिएको हो। जुन चीन–प्रेरित विश्वव्यापी वृद्धिमा दाउ लगाउनेहरुका लागि राम्रो संकेत होइन । ‘चिनियाँ अर्थतन्त्र तीव्र र बलियो ढंगमा पुनरागमन हुँदैछ ।

जसले गर्दा चीनको जीडीपी वृद्धिदर ५.७ प्रतिशतमा उक्लिने देखिएको छ,’ मोर्गन स्टेनलीले उल्लेख गरेको छ,’ ‘यद्यपि वस्तु भन्दा सेवा कम व्यापारयोग्य हुने भएकाले विश्वव्यापी व्यापारमा कम उतारचढाव अपेक्षा गर्न सकिन्छ।’ पश्चिमी मुलुकहरुमा घट्दै गएको मागले गर्दा विश्वव्यापी व्यापारमा गिरावट आएको छ ।

Advertisement

जसलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा, चिनियाँ घरेलु र लगानी खर्चको गतिले राहत दिने अपेक्षा समीक्षकहरुको रहेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले पनि २०२३ मा विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुकहरु नै मन्दीमा जाने प्रक्षेपण गरेको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top