Nepal Times
Nepal Times
198
Shares

नेपाल विश्वको ११० औं भ्रष्ट देश

नेपाल विश्वको ११० औं भ्रष्ट देश

१७ माघ, एजेन्सी ।
भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई)मा नेपाल विश्वमा भ्रष्टाचार बढी हुने ११०औं देश बनेको छ। नेपाल चीन र भारत मात्रै होइन, भुटान, माल्दिभ्स र श्रीलंकाको तुलनामा निक्कै भ्रष्ट देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)का अनुशार दक्षिणएशियाली देशमा नेपाल पाँचौं बढी भ्रष्टाचार हुने देश बनेको छ।

४५ अंक प्राप्त गरेको उत्तरी छिमेकी चीन ६५औं स्थानमा छ भने भारत ८५ औं स्थानमा रहेको छ । यस वर्ष सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएका छन् ।

यस सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिने गरिएको छ ।
भ्रष्टाचारमा दक्षिणएशियाली देशको अवस्था यस्तो छ:
भुटान (६८ अंक) २५औं

माल्दिभ्स (४० अंक) ८५औं

भारत (४० अंक ) ८५औं

श्रीलङ्का (३६ अंक ) १०१औं

नेपालले (३४ अंक ) ११०औं

पाकिस्तान (२७ अंक ) १४०औं

बंगलादेश (२५ अंक ) १४७औं

अफगानिस्तान (२४ अंक ) १५०औं

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.