२० रुपैयाँको नोट छाप्न चीनले ६२ करोडमा पायो ठेक्का

२० रुपैयाँको नोट छाप्न चीनले ६२ करोडमा पायो ठेक्का

१ फागुन,काठमाण्डौ ।
बीस रूपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नोट ३ करोड १० लाख थान प्रिन्ट गर्न लागेको छ । बोलपत्रमा चिनियाँ कम्पनी चाइन बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पाएको हो । यो चीनको सरकारी कम्पनी हो ।

राष्ट्र बैंकले २० रूपैयाँको नोट छाप्न यो पटक ४६ लाख ९८ हजार ६५८ अमेरिकी डलर (हालको बिनिमयदरमा ६२ करोड २१ लाख ६२ हजार ७४० नेपाली रूपैयाँ) हो । बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको केन्द्रीय बैंकको आशयपत्रमा उल्लेख छ ।

२० रूपैयाँको अत्यधिक चलनचल्ति हुने मध्यकै नोट हो। राष्ट्र बैंकबाट एक पटक बाहिरिएको यस्तो नोट ६ देखि ८ महिनामा फर्कने गर्छ। यस्ता नोटको आयु भने तीन वर्षसम्मको हुन्छ। यसपटक छापिएर आउने नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ।

हाल चलनचल्तिमा रहेको नोटमा भने निवर्तमान गभर्नर डा. चिरञ्जीवि नेपालको हस्ताक्षर छ। यसअघि २० रूपैयाँ नोट छाप्न प्रति नोट दुई रूपैयाँभन्दा कम लागत लागेको थियो।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.