×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026

चीनमा अर्बपतिहरु किन गायब हुन्छन् ?अहिलेसम्म को–को हराए ?

६ फाल्गुन २०७९

६ फागुन,एजेन्सी ।
चीनका एक जना प्रख्यात अर्बपति ब्याङ्कर हराएको उनको कम्पनीले जनाएको छ । चाइना रेनासान्स होल्डिङ्सका प्रमुख कार्यकारी बाओ फ्यान पछिल्ला दिनहरूमा सम्पर्कमा नरहेको उक्त कम्पनीले बिहीवार बजारबारे पछिल्लो जानकारी दिने क्रममा जनाएको छ ।

बाओ चीनका एक प्रख्यात ‘डिल ब्रोकर’ हुन् जसका ग्राहकहरूमा डिडि र मेटुवान जस्ता प्रख्यात प्रविधि कम्पनीहरू पर्छन् । उक्त कम्पनीको घोषणाले बेइजिङमा वित्तीय अनि प्रविधि कम्पनीहरूसँग जोडिएका व्यक्तिहरूमाथि पुनः कडिकडाउ गर्न सुरु गरिएको हुनसक्ने चिन्ताहरू बढेको छ ।

आफूहरू ‘‘बाओ फानलाई सम्पर्क गर्न असफल भएको’’ उक्त कम्पनीले बताएसँगै शुक्रवार उसको शेअर मूल्य ओरालो लागेको छ । कम्पनीले उनी कति समय देखि सम्पर्कमा छैनन् भन्ने कुरा प्रस्ट्याएको छैन । चीनका प्रमुख प्रविधि कम्पनीका लगानीकर्ताहरूमध्ये एक बाओ बेपत्ता हुनुले फेरि कुनै स्पष्टिकरण बिना चिनियाँ कर्मचारीहरू अकस्मात् गायब हुने गरेको इतिहासको स्मरण गराएको छ ।

फोर्ब्स म्यागेजिनका अनुसार कम्युनिस्ट पार्टीसँग कथित रूपमा फरक मत राखेका कारण पछिल्ला केही वर्षहरूमा कम्तीमा आधा दर्जन अर्बपतिहरू सम्पर्कमा नरहेको पाइएको छ । कैयौँ घटनाहरूमा उनीहरूलाई भ्रष्टाचार, कर वा अन्य अपराध अनुसन्धानमा फसाइएको हुनसक्ने आशङ्का गरिएको थियो ।

हराएका उल्लेख्य व्यक्तित्वहरूमा फोसुन समूहका संस्थापक गुओ ग्वान्चाङ पनि छन् जो सन् २०१५मा कैयौँ दिन हराएका थिए । उनलाई चीनका वारेन बफेट भनिन्छ । सन् २०१७मा चिनियाँ–क्यानडिअन व्यवसायी स्यो जिअनह्वालाई नियन्त्रणमा लिएको थियो । गत वर्ष उनलाई भ्रष्टाचारको आरोपमा जेल चलान गरियो ।

त्यस्तै सन् २०२०को अन्त्यतिर नियामक निकायबारे आलोचनात्मक टिप्पणी गरेको केही समयपछि अलिबाबाका संस्थापक ज्याक मा तीन महिना सर्वसाधारणहरू सामु देखा परेका थिएनन् । उनी डिजिटल कारोबार कम्पनी एन्ट फाइन्यान्सिअललाई सेअर बजारमा सूचिकृत गर्ने चरणमा थिए जसले उनलाई चीनका सबैभन्दा धनी व्यक्ति बनाउन सक्ने सम्भावना थियो ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top