मेसी बने फिफाको बेस्ट खेलाडी

१६ फागुन, एजेन्सी ।
अर्जेन्टिनी कप्तान तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसी सोमबार बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी हुने होडमा ३५ वर्षीय मेसीले फ्रान्सेली फरवार्डद्वय केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पारे ।

मेस्सीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् । मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । मेसीले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए । लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको प्रतिक्रिया दिए ।

यो अवार्ड जित्दा आश्चर्य लागेको र सम्मानित भएको महसुस भएको बताउँदै उनले भने, ‘मेरा साथीहरुविना म यहाँ हुने थिइनँ । म धेरै भाग्यशाली छु ।’ विश्वकप विजेता अर्जेन्टिनाका लियोनल स्कालोनी वर्षका उत्कृष्ट प्रशिक्षक चुनिए । स्कालोनीले म्यानचेस्टर सिटीलाई छैटौं प्रिमियर लिग उपाधि जिताउने पेप ग्वार्डिओला र रियल म्याड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारेका हुन् ।

Advertisement

सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् । इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् । यस्तै एस्टन भिल्ला र अर्जेन्टिनाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले अवार्ड जिते ।

३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको शुटआउट जितसहित चार पेनाल्टी बचाएर आफ्नो देशलाई विश्वकप जिताउन मद्दत गरेका थिए । वुमेन्स सुपर लिगमा म्यानचेस्टर युनाइटेडबाट खेल्ने अरप्सले युरो २०२२ मा इङ्ल्यान्डका सबै ६ खेलहरू प्रतियोगिता जितेर सुरु गरेकी थिइन् ।

Advertisement

पोल्याण्डका वार्टा पोजनानका एम्पुटी फुटबलर मार्सिन ओलेक्सीले वर्षको उत्कृष्ट गोलको लागि फिफा पुस्कास अवार्ड जितेका छन् । उनले बैसाखीको सहारामा जालको पछाडि उड्दै स्टाल रजेजो विरुद्ध उत्कृष्ट ओभरहेड भली गोल गरेका थिए । फेयर प्ले अवार्ड लुका लोचोसभिलीले पाए ।

जसले मिडफिल्डर बेहोस भएपछि आफ्नो ज्यान बचाउन आफ्नो विपक्षी जर्ज टिगलको जिब्रो समातेका थिए । फिफ्प्रो पुरुष विश्व इलेवनमा थिबाउट कोर्टुवा, अचराफ हाकिमी, भर्जिल भ्यान डाइक, जोआओ क्यान्सेलो, केभिन डी ब्रुएना, लुका मोड्रिच, कासेमिरो, लियोनेल मेसी, एर्लिङ हालान्ड, करिम बेन्जेमा र केलियन एमबाप्पे पर्न सफल भए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top