×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

इमरान खानको भाषण प्रशारणमा रोक

२२ फाल्गुन २०७९

२२ फागुन, एजेन्सी ।

आर्थिक संकटसंग जुधिरहेको पाकिस्तानमा अहिले राजनीतिक अस्थिरता पनि चरमोत्कर्षमा पुगेको छ । पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरु लगातार आन्दोलन गरिरहेका छन् र खान पनि पक्राउ पर्ने आशंका गरिएको छ । यदी इमरान खानलाई पक्राउ गरिए पंजाबसहित देशका कयौं राज्यहरुमा प्रदर्शन उग्र बन्ने चेतावनी दिइएको छ ।

Advertisement

यहिबीच शहबाज शरीफको सरकारमाथि पनि संकटको बादल मडारिएको विश्लेषण भइरहेको छ । शहबाज शरीफको सरकारमा सहभागि भएको पाकिस्तान पिपुल्स पार्टीले गठबन्धनबाट अलग हुने संकेत गरेको छ । पार्टी प्रमुख तथा विदेश मन्त्री बिलावल भुट्टो जरदारीले भनेका छन्, बाढीसंग जुधिरहेको सिंधलाई राहत दिने प्रतिबद्धता सरकारले पुरा गर्न नसके यो गठबन्धनमा रहन सकिदैन ।

उनले बाढी प्रभावित किसानहरुलाई ४.७ अर्ब डलरको सहयोग जुन सरकारले दिने भनेको थियो त्यो अहिलेसम्म किसानहरुले नपाएकोमा पनि आलोचना गरेका छन् । पाकिस्तानको राजनीतिलाई नजिकबाट नियाल्नेहरुका अनुसार भलै बिलावल भुट्टोले किसानहरुलाई राहत दिने नाममा गठबन्धनबाट अलग हुन खोजेजस्तो देखाएपनि उनले शहबाजको सरकारमा संकट मडारिएको देखेरै यसबाट बाहिरिने तरखर गरेका हुन्।

यदी पंजाब र खैबर पख्तुनख्वामा चुनाव भए शरीफले हार्ने भुट्टोको ठहर छ । किनभने यी दुई राज्यमा इमरान खानको पकड बलियो मानिन्छ । यस्तोमा अगाडिको बाटोमा आउने मुश्किललाई आँकलन गरेरै पीपीपीले त्यसअघि नै आफ्नो बाटो अलग गर्न खोजिरहेको देखिन्छ ।

यसैबीच आइतबार इमरान खानलाई पक्राउ गर्न लाहौरस्थित उनको घर पुगेको प्रहरी खाली हात फर्किएको छ । प्रहरी खानको घर पुग्दा हजारौंको संख्यामा पीटीआईका समर्थक उर्लिएका थिए । सो स्थितिलाई नियन्त्रणमा लिन प्रहरी बल नै अपुग देखिएको थियो ।

समर्थकहरुले घेरेपछि प्रहरी खानलाई नलिइ खाली हात फर्किएको हो । प्रहरीले भने तोशाखाना मामिलामा इमरान खान अदालतमा उपस्थिति नभएकाले आफू खानलाई वारेन्ट लेटर दिनका लागि आएको बताएको छ । यद्यपी यसबारे पीटीआईले ७ मार्चमा हुने सुनुवाइमा इमरान खान उपस्थित हुने बताएको छ ।

तर प्रहरीले भने इमरान खान पक्राउ पर्नबाट बच्नका लागि घरबाटै निक्लिएर कतै लुकेको बताएको छ । अधिकारीहरुले प्रहरीले खानको घरभित्रै पसेर छानविन गरेको तर त्यहाँ उनी फेला नपरेको जनाएको छ । एकातिर खानलाई पक्राउ गर्न प्रहरी उनलाई खोजीरहेको बेला नै खानले भने ट्वीट गर्दै शहबाज शरीफमाथि भ्रष्टाचारको आरोप लगाइरहेका थिए ।

उनले ८ अर्ब रुपैयाको मनी लन्ड्रिङको केस शहबाजमाथि थियो तर उनी पूर्व आर्मी चीफ जनरल बाजवाको मद्यतले बचे र केसलाई त्यसै पन्छ्याइदिए भन्दै ट्ीवटरमा लेखेका छन् । शरीफ सरकार र इमरानबीच टकराव बढ्दै जाँदा खानको भाषणहरु लाइभ प्रशारणका लागि पनि रोक लगाइएको छ ।

Advertisement

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेग्ुलेटरी अथोरिटीले आइतबारदेखि इमरान खानका भाषणहरु र प्रेस कन्फ्रेन्सहरु लाइभ प्रशारण गर्न रोक लगाएको छ । अब कुनै स्याटालाइट टिभि च्यानलमा उनको भाषण सिधै प्रशारण हुनसक्ने छैन ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top