एजेन्सी,भदौ १६
स्पेनीस क्लब रियल मड्रिड र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको उपाधि जित्ने दाबेदार रहेको पूर्व ब्राजिलियन स्टार खेलाडी रोनाल्डोले बताएका छन् । दुवै क्लब अग्रस्थानमा रहे पनि च्याम्पियन्स लिगमा इंग्लिस क्लबहरु केहि बाधक रहने समेत उनको भनाई छ ।
बिहीबार सार्बजनिक गरिएको युरोपली च्याम्पियन्स लिग ड्र मा बार्सिलोनासँग समूह बिमा टोटेनहम, पिएसभी र इन्टर मिलान रहेका छन् । त्यस्तै सविकको विजेता रियल म्याड्रिडसम्मिलत समूह ‘जी’मा रोमा, सिएसकेए मस्को र भिक्टोरिया प्लेजन रहेका छन् ।
रियल म्याड्रिड गत सिजनको फाइन खेलमा लिभरपुललाई पराजित गर्दै च्याम्पियन्स लिगमा चार पटकको विजेता बनेको थियो । यो सिजन यि दुबै टोलीका लागि इंग्लिस प्रिमियर लिग क्लबहरु बाधक रह्न सक्ने रोनाल्डोको भनाइ छ । इंग्लिस क्लबहरु राम्रो हुनुका साथै आर्थिक हिसाबले पनि बलियो भएका कारण क्लबमा राम्रा खेलाडीहरु भित्र्याएर च्याम्पियन्स लिगमा स्पेनिस क्लवहरुलाई चकित पार्न सक्ने रोनाल्डोले बताएका छन् ।