२६ चैत, काठमाण्डौ ।
अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किँदै गरेको एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ । ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको हो । बेस क्याम्पबाट पोखरा फर्कने क्रममा ढिस्कोमा ठोकिएर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएकी छन् ।
उनको उद्दारका लागि अर्काे हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् । उक्त हेलिकोप्टर पोखराबाट अन्नपूर्ण बेस क्याम्पको लागि समान लिएर गएको थियो । सामान अनलोड गरेर फर्कनेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो ।
हेलीकोप्टरमा क्याप्टेनबाहेक अन्य कुनै पनि यात्रु नभएका कारण मानवीय क्षति नभएको भुलले बताएका छन् । पाइलटको प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी तथा बेस क्याम्पमा ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेको र पाइलट सकुशल रहेको पोखरा विमानस्थलका टावर कन्ट्रोलर योगेन्द्र केसीले बताएका छन् ।
प्रियाको उद्धारका लागि गएको एयर डाइनेस्टी फर्केपछि मात्र थप विवरण प्राप्त हुने उनको भनाइ छ आइतबार बिहान ११ बजे उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको प्रहरीले बताएको छ । ‘हेलिकप्टर फोर्स ल्याण्डिङ’ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख, डिएसपी मदन कुँवरले बताएका छन् । उनका अनुशार उक्त हेलिकप्टरमा एक जनामात्रै पाइलट थिए।