चितवनमा जुट्यो सहमति, १ बजेदेखि मतगणना सुरु हुने

Share this
768shares

११ वैशाख ,काठमाण्डौ ।
मतदान सम्पन्न भएको लामो समयसम्म पनि सुरु हुन् नसकेको चितवन क्षेत्र नम्बर २ को मतगणना दिउँसो १ बजेबाट सुरू हुने भएको छ। आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन। सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो।

Advertisement

उक्त बैठकपछि दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए। मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सन्जालमा जथाभावी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई भन्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आचारसंहिताको उल्लंघन गरेको भन्दै यसको छानविन र माफी माग्नुपर्ने अडान लिएपछि मतगणना सुरू भएको थिएन। यहाँ नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्।

Advertisement

यसअघि आइतवार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नआएको भन्दै सत्ता गठबन्धनका दलहरुले सर्वदलीय बैठक राख्न मानेका थिएनन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिताविरुद्धको उजुरीमा सुनुवाइ नगरेको भन्दै नेपाली कांग्रेसको विमति जनाएको थियो ।

मंसिरमा भएको निर्वाचनको तुलनामा यसपटक कम मत खस्यो । यसपटक ६३ प्रतिशत मात्र मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । मंसिरमा ६७.६३ प्रतिशत मतदान भएको थियो । बाहिरी जिल्लामा रहेका मतदाता खासै फर्किएनन् ।

Advertisement

अत्यधिक गर्मीका कारण बिहानै मतदानस्थलमा भीड लागेको थियो । ४३ स्थलका १ सय ३८ केन्द्रमा मतदान भएको थियो। यो क्षेत्रमा १ लाख २४ हजार ६ सय ९५ मतदाता थिए । चितवन–२ मा मंसिरमा निर्वाचित रवि लामिछानेको सांसद पद उनको नागरिकता कसुरमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि उपचुनाव भएको हो ।

त्यसमा लामिछाने पनि उम्मेदवार छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपानेसहित १० दलीय उमेदवारसहित २२ जना उम्मेदवार छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top