×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

मिठाई बेच्ने १० भारतीयलाई कसले बेच्यो नागरिकता ?

२४ बैशाख २०८०

२४ वैशाख, काठमाण्डौ ।
काठमाडौंका विभिन्न स्थानमा मिठाई पसल सञ्चालन गरेर बसेका १० भारतीय नागरिक गलत विवरणसहितको कागजात पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिमपट्टी ग्राम भीमपुरा थाना बेल्थरा रोडका रहेका छन् ।

उनीहरु काठमाडौं उपत्यकाका शंखमुल, गंगबु, बसन्धुरा, लगनखेल, कलङ्कीलगायत स्थानमा मिठाई पसल सन्चालन गरेर बसिरहेका थिए । उनीहरुले सिराहा, रुपन्देही, बारा, पर्सालगायत विभिन्न जिल्लाबाट विभिन्न मितिमा नेपाली नागरिकता लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Advertisement

पक्राउ परेकामध्ये ६ जनाले ०६२÷६३ को जनआन्दोलनपछि तराईका जिल्लामा घुम्ति शिविर सन्चालन गरेर वितरण गरिएको बेला लिएको पाइएको छ । प्रहरीका अनुसार एकै परिवारका तीनजना पक्राउ परेका छन् । अन्य पनि नातेदार भएको प्रहरीले जनाएको छ ।

सिराहाको मिर्चैया स्थायी ठेगाना देखाएर २०६३ चैत १७ गते जन्मका आधारमा भरतप्रसाद गुप्ताले नागरिकता लिएको पाइएको छ । उनीसँग विवाह गरेपछि ज्ञानमती देवी गुप्ताले २०६८ असार ९ गते वैवाहिक अंगिकृत नागरिकता लिएकी थिइन् । यस्तै उनीहरुका छोरा राहुलले २०७० साल वैशाख २९ गते बंसजका आधारमा नेपाली नागरिकता लिएको पाइएको छ । राहुल डाक्टर पनि हुन् ।

उनीहरुले शंखमुलमा मिठाई पसल सन्चालन गर्दै आएका थिए । पक्राउ परेकामध्ये भरत गुप्ताले २०६३ फागुन ७ गते जन्मका आधारमा बाराबाट नागरिकता लिएको, उनकी श्रीमती स्नेहलता गुप्ताले २०६९ पुस ११ गते बंसजका आधारमा नागरिकता लिएको, गोपाल गुप्ताले २०६३ फागुन १८ गते रुपन्देहीबाट नागरिकता लिएको प्रहरीको दाबी छ ।

त्यस्तै, राजेश कुमार गुप्ताले बाराबाट २०६३ फागुन २८ गते र उनकी श्रीमती मिनादेवी गुप्ताले २०६९ पुस ११ गते बंशजका आधारमा नागरिकता लिएको पाइएको छ । रामप्रवेश गुप्ताले २०६३ फागुन २१ गते रुपन्देहीबाट जन्मका आधारमा, रामसुन्दर गुप्ताले २०६३ चैत १५ गते जन्मका आधारमा नेपाली नागरिकता लिएको प्रहरीले जनाएको छ ।

उनीहरुले नेपाली नागरिकता लिएपछि पनि भारतीय नागरिकता प्रयोग गरिरहेको प्रहरीले जनाएको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको बताएका छन् ।

Advertisement

उनले भारतीयहरुले वंशजको आधारमा नै नागरिकता दिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत गर्दै आएको भेटिएको बताए । उनले प्रहरीले एउटै प्याटनमा सबै जिल्लाका एकैसाथ अनुसन्धान गरेर सार्वजनिक गरिएको पनि बताएका छन् ।

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top