×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी / आरजु र मञ्जुलाई प्रहरीले सोधपुछ पनि नगर्ने !

२५ बैशाख २०८०

२५ वैशाख, काठमाण्डौ ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आज संसदमा बोल्न नपाएको निहुँमा अर्धनग्न भएर सभामुखको ध्यानाकर्षण गराएकै दिन उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । सिंह पूर्व कांग्रेस नेता हुन् ।

उनलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ । कांग्रेस राजनीति गरेका अमरेश २०६३ पछि मूलधारमा देखिन थालेका हुन् । त्यसयता उनले ठूलो आर्थिक फड्को मारेको र निर्वाचनमा मतदाता पनि किनेको दाबी उजुरीमा गरिएको छ ।

Advertisement

’२०६३ सालबाट एकैपटक नेपाली कांग्रेसको राजनीतिमा उदाउनुभएका सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आम जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको छ,’ उजुरीमा भनिएको छ, ’निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो।’

सर्लाहीबाट आर्थिक चलखेलले पटक–पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरेको र आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य गरेको आरोप उनलाई लगाइएको छ । अमरेशविरुद्ध उजुरी दिने ठाकुर कांग्रेस नेतृ आरजु राणा देउवा निकट मानिन्छन् ।

यता नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुले करोडौं पैसा बुझाएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ । सो अडियोबारे प्रहरीले अनुशन्धान गरिरहेको बताएपनि अडियोलाई मात्र आधार मानेर कसैलाई बयान लिन नबोलाइने बताएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी श्याम ज्ञवालीले अनुसन्धानमा स्वतन्त्र प्रमाणले पुष्टि नगर्दासम्म प्रतिवादी बनाउन सकिने अवस्था नरहने बताएका छन् । कतिपय अवस्थामा त्यस्ता व्यक्तिहरुसँग बुझ्नमात्र सकिने उनले बताए । प्रहरी स्रोतले तत्काल आरजु र मञ्जुलाई अनुसन्धानको दायरामा ल्याउने तयारी नरहेको जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका एक अधिकारीका अनुसार अडियोमा भनिए जस्तो पैसा बुझाएको पुष्टि हुने प्रमाण अहिलेसम्म भेटिएको छैन । तर कानूनविद्हरु भने अनुसन्धानका क्रममा आरोपितले बयानमा कसैलाई पोलेमा वा उनीहरुको नाम लिएमा प्रहरीले बोलाएर सोध्न सक्ने बताउँछन् । घटनामा नाम जोडिएपछि कम्तिमा प्रहरीले सोधपुछसम्म गर्नुपर्ने उनीहरुको तर्क छ ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top