१२ जेठ, एजेन्सी ।
दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ । कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका थिए ।
एयरबस ३२१ जहाजमा चालक दलका सदस्यसहित २०० जना सवार थिए । ढोका खुल्दा जहाज जमिनबाट २१३ मिटरमाथि उडिरहेको थियो। दुई÷तीन मिनेटमै जहाज ल्यान्ड हुने तयारी थियो। अचानक ढोका खुलेपछि जहाजभित्र खैलाबैला भएको थियो ।
तीव्र गतिमा भित्र पसेको हावाले केही यात्रु सामान्य घाइते भएका छन्। तीमध्ये ९ जनालाई जहाज ल्यान्ड भएपछि अस्पताल लगिएको छ । प्रहरीले ढोका खोल्ने यात्रुलाई पक्राउ गरेको छ। उनले आफूले ढोका खोलेको स्वीकारेका छन् तर त्यसको कारण खुलाएका छन्।