२९ असार, काठमाडौं ।
चर्चित मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण सायमी काठमाडौँ मेडिकल कलेजमा आबद्ध हुने भएका छन् । सहिद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहिसकेका डा.सायमीले कार्डियोलोजी विभागमा प्रोफेसरको रूपमा सेवा दिँदै आएका थिए । उनले केएमसीले कार्डियोलोजी विभागलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने केएमसीका जनरल मेनेजर नारायण दाहालले बताएका छन् ।
उनले भने ‘साउन १ गतेदेखि प्रसिद्ध मुटु रोग विशेषज्ञ डा. अरुण सायमीले केएमसीमा सेवा दिँदै हुनुहुन्छ । केएमसीमा मुटु रोगीहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न उहाँलाई नियुक्त गरेका हौँ ।’ नेपालका अनुभवी मुटु रोग विशेषज्ञ चिकित्सकहरू मध्येका एक डा. सायमी पनि एक हुन् । उनले ४० वर्षदेखि एमविविएस, एमडी, डिएम कार्डियोलोजीका विद्यार्थीहरूलाई अध्यापनसमेत गराउँदै आएका छन् ।
डा. सायमीसँग करिब २१ वर्ष नेपाल सरकारका प्रधानमन्त्रीको निजी चिकित्सक समेत रहेर काम गरेको अनुभव रहेको छ । समाजसेवा र स्वास्थ्य सेवालाई एक साथै अगाडि बढाउँदै राजनीतिमा सक्रिय डा. सुनिलकुमार शर्माले केएमसीको नेतृत्व सम्हाले पछि त्यहाँको स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाइएको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताएकी छिन् ।