×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

लम्पी स्किनमय संसद/सभामुखले गरे रुलिङ/सरकार नाजवाफ

२९ असार २०८०

२९ असार,काठमाण्डौ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । सांसदहरुले त्यसबारे सरकारको ध्यानाकर्षण गराउँदै सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सरकारले त्यसबारे गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गरेका हुन् ।

लम्पी स्किनले देशभरि किसानलाई ठूलो क्षति पुगेको भन्दै सांसदहरुले गाउँ–गाउँमा प्राविधिक पठाउन र खोपको प्रबन्ध गर्न माग गरेका थिए । बैठकको शुक्रबारको सुरुआतमा एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन महामारीको रुप लिँदा पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाए ।

Advertisement

’खोप नपुग्नुको कारणमा सरकारले बजेट नदिएको कारण भनेर विभागका महानिर्देशकहरुले भनेका छन् । किसानाहरु पीडाको आहालमा डुबेर बसेका छन् । यस विषयमा सरकार नाजवाफ र जिम्मेवारीविहीन भएर सरकारले अभिव्यक्ति दिन मिल्दैन,’ गिरीले भने ’पैसा नभएको हो भने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तर गरेर भए पनि किसानलाई राहत, औषधि र खोप उपलब्ध गराउनु प¥यो ।

’ चार महिनाको अवधिमा ८ लाख पशु चौपायाहरु संक्रमित भएको जानकारी गराउँदै उनले भने, ’२७ हजार मरेका छन् । विपन्न र गरिब किसानहरुका ३७ अर्ब बराबरको क्षति भएको छ । अवस्था यस्तो विकराल हुँदा पनि सरकारले त्यसलाई जति गम्भीरताका साथ लिनुपर्दथ्यो, जुन तदरुकता देखाउनु पर्दथ्यो र उपचारमा लाग्नु पर्दथ्यो र खोपहरु जसरी प्रभावकारी ढंगले वितरण गर्नुपर्दथ्यो त्यसमा सरकारले उदासिनता देखाएकोले किसानहरुले ३७ अर्बको क्षति ब्यहोर्नु परेको छ ।

’ उनले सरकारले समयमा सजकता देखाउन नसकेको कारण समस्या विकराल भएको बताए । ’विज्ञहरुले २५ लाख पशुचौपाया संक्रमित हुने र एक लाख मर्ने अनुमान गरेका छन् । त्यसले धेरे ठूलो क्षतिको अवस्थामा आउने बताउँदै आएका छन् ।

तर सरकारले अहिलेसम्म जम्मा २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको छ र खोप अपर्याप्त र लगाउने गति पनि सुस्त रहेको छ,’ उनले भने ’गाउँमा जुन प्रकारले प्राविधिक पठाउनु पर्दथ्यो त्यो अनुसार प्राविधिक पठाएको छैन । खोपहरु पठाएको छैन र मलम पट्टी पनि पठाउने काम गरेको छैन ।

त्यति कारणले गाई र गोरु मर्ने अवस्था छैन ।’ कांग्रेसका सांसद रामहरि खतिवडाले लम्पी स्किनको कारण गोरुहरु मर्दा रोपाइँ प्रभावित भएको बताए । ’लम्पी स्किन रोगले एउटा सबैतिर प्रभावित बनाएको छ । यो पहाडमा झनै विकराल अवस्था भएको छ,’ उनले भने, ’गोरु मर्दा पहाडमा खेत नै बाँझो बस्ने अवस्था छ ।’ राप्रपाकी सांसद रोशन कार्कीले लम्पी स्किनको रोकथामका लागि सरकारी योजनाको विषयमा संसद्लाई जानकारी गराउन मागेकी छिन् ।

Advertisement

’कृषिमन्त्री मन्त्रालयमा बस्नमात्रै जानु भएको होइन होला, लम्पी स्किन रोमथामका लागि के–के काम गर्नुभएको छ उहाँले यहाँ आएर बताउनुप¥यो, खोपहरु समयमा किन पुग्दैन ? औषधि किन पुग्दैन?,’ कार्कीको प्रश्न थियो, ’यस विषयमा सदनलाई जानकारी गराउन अत्यन्त जरुरी छ, यस विषयमा जवाफ दिन सभामुखबाट कृषि मन्त्रीलाई रुलिङ होस् ।’ कार्कीले कृषि मन्त्रालयले महामारी नियन्त्रणका लागि संवेदनशीलता देखाउनु पर्ने बताइन् ।

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top