×

NEPAL TIMES UPDATES

Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026
Playing
ओली र लेखकको बयान सकियो, बयानमा के भने ? || NepalTimes
Apr 03, 2026

३ महिनामा विश्वका १४ अग्ला हिमाल आरोहण गरेर कीर्तिमान

११ श्रावण २०८०

११ साउन, एजेन्सी ।
सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छोटो समयमा आरोहरण गरेका दुई आरोहीले नयाँ कीर्तिमान बनाएका छन् । नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले ९२ औं दिनमा १४ हिमालको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन् ।

काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, उनकै कम्पनीमा गाइडका रुपमा कार्यरत तेन्जिङ र क्रिस्टिनले बिहीबार बिहान पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल केटू आरोहण गरेका थिए । योसँगै उनीहरुले ९२ औं दिनमा संसारकै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गरेको रेकर्ड बनाएका छन् ।

Advertisement

यसअघि निर्मल पुर्जाले विश्वकै १४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गर्दै ‘सबैभन्दा छिटो आरोहणको कीर्तिमान’ बनाएका थिए । पुर्जाको कीर्तिमानलाई नेपाली आरोही तेन्जिङ शेर्पा र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले ९२ औं दिनमा सकेर नयाँ कीर्तिमान बनाएका हुन् । ‘निर्मल पुर्जाको रेकर्ड संखुभासभाका तेन्जिङ र नर्वेकी आरोही क्रिस्टिनले तोडेकी छन्, ।

नेपाली मूलका निर्मल पुर्जाले नागरिकता त्यागिसकेकाले विश्वकै १४ वटा हिमाल सबैभन्दा चाँडो आरोहण गर्ने तेन्जिङ अब एक मात्र नेपाली भएका छन् । विश्वकै १४ औं अग्लो हिमाल सिसापाङमा वैशाख १३ गते आरोहण गर्दै यी दुईले आरोहण यात्रा थालनी गरेका थिए ।

विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने करिब ४ दर्जन आरोहीमध्ये थोरै महिला छन् । जसमा ३७ वर्षीया क्रिस्टिन पनि परेकी छन् । आरोहणअघि उनी क्रस–कन्ट्री स्कीकी खेलाडी थिइन् । एजेन्सीहरुका अनुसार, हिमाल आरोहणमा उनी ८ वर्षयता मात्रै संलग्न भएकी हुन् ।

विश्वका ८ हजार मिटर भन्दा अग्ला उच्च हिमालमा :
१ सगरमाथा

२ के२

३ कञ्चनजङ्घा

४ ल्होत्से

५ मकालु

६ चो यु

७ धौलागिरी प्रथम

८ मनास्लु

९ नङ्गा पर्वत

१० अन्नपूर्ण (प्रथम)

११ ग्यासरब्रम १

१२ ब्रोड शिखर

१३ ग्यासरब्रम २

१४ शिशापाङ्मा
रहेका छन् ।

Advertisement

भर्खरको समाचार

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

सम्बन्धित खबरहरु

Scroll to Top