×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अष्ट्रेलिया किन अष्ट्रेलिया छ ?

११ श्रावण २०८०

११ साउन,विराटनगर ।
अष्ट्रेलियामा किन सबै काम र कुराहरु सिष्टममा चलेका छन ? अष्ट्रेलियामा किन सुशासन छ ? मलाई अष्ट्रेलिया पुगेपछि अनुभव भयो, यहाँ पनि संघीयता नै रहेछ । ब्रिटिश संविधान अन्तरगत राजा चाल्र्सका नामबाट सरकारले शासन गर्दो रहेछ । हामी आएको तीन दिन भएको छ । अहिले नेपालको ठीक पौष माघ जस्तो जाडो मौसम रहेको छ ।

सिड्नीबाट २ घण्टाको ड्राइभबाट हामी अस्ति राती सोमबार सिडनीवाट उत्तर पूर्वको वेल्समा आएर वसेका छौं । यहाँका साना साना गाँउ जस्ता ठाउँमा दुई तले घरहरु मात्र रहेका छन् । कतै कम्तिमा मात्र एक तले पनि रहेछन् । सवै जातजाति र समुदायका मानिसहरु बसोवास गरेका रहेछन् । मानिसहरु शिक्षित रहेछन् । साझा बोलिने भाषा अंग्रेजी नै रहेछ । मानिसहरुको बीचमा भेदभाव छैन् रहेछ ।

सबैमा आत्मा विश्वास देखिन्छ र अनुभव गरिन्छ । जति सरकारले काम गरेको पाइन्छ, तिनीहरुमा सवैमा सुशासन र विश्वास देखिन्छ । आपनो जनतालाई सबल, सक्षम, शक्तिशाली बनाउन सरकारले स्थानीय जनप्रतिनिधीहरुको संस्थाहरुले मिहिनेत गरेको देखिन्छ । आज दिउँसो पनि अवलोकन गरियो । हिजो वरपर पैदल भ्रमण गरियो ।

नेपालको खवर टि भि र नेटबाट सजिलै हेर्न सकिन्छ । यहाँको समय र नेपालको समय चार घण्टा छिटो रहेछ र नेपालको समय ढिलो रहेछ । नेपालमा काठमाण्डौ, विराटनगर, पोखरा, भैरहवा, वीरगन्ज जस्ता शहरहरुमा घर बनाउँदा, सक्नेले जति बनाएपनि हुने नसक्नेले एक तला बनाउने, त्यो पनि टिक्न नसक्नेले बेचेर थात थलोबाटै हिड्नु पर्ने जस्तो चलन रहेनछ । किनकि गाउँ, शहर, वस्तीलाई सरकारले सुव्यवस्थित संयोजन गरेको रहेछ । मन पर्यो । होहल्ला, धुँवा र धुलो पटक्कै पाइएन ।

व्यक्तित्वको स्वतन्त्रताकालागि जनतालाई अधिकार प्रदान गरेको त रहेछन् । तर मनलागि जे पायो त्यो गर्न छुट छैन् रहेछ । सवैतिर कानुनको शासन रहेछ । सरकारी अफिसमा रहेका कर्मचारीहरु प्रशासक, प्रहरी, न्याय सवै क्षेत्रका कर्मचारीहरुले कानुनको शासन चाहान्छन भन्ने पाइयो । कानुनको पालना गर्दा रहेछन् । विद्यालय छुट्टीको समयमा गाडीहरु रोकिदो रहेछ ।

यदि कर्मचारीको तहबाट भ्रष्टाचार गरी काममा मोलाहिजा, अनुचित लाभ लिएको पाइएमा जागिर चट गरेर हर्जाना पनि तिर्न पर्ने रहेछ । मानिसहरु चोकमा भेला भएर, कहि कतै गफ गरेर वसेको पाइएन । सवै आ–आपनो काममा व्यव्सत रहँदा रहेछन् । अध्यागमनमा धेरै कडा सुरक्षा जाँच गरिदो रहेछ । बेरोजगारहरुले पनि भत्ता पाउँदा रहेछन् ।

खराब कुलत जस्तै नशा पान, मध्यपान, भिख माग्ने र वालविज्र्याइ जस्ता कार्य निरुत्साह गरिदो रहेछ । अपराधीहरु त प्रहरीसँग सधै डराउने र उनीहरु सशंकित नै हुँदा रहेछन् । सरकार धनी र अनुशन्धान गरी नीति बनाएर कामगर्ने चलन रहेछ । वालक र ज्येष्ठ नागरिकहरुलाई संरक्षण र सुरक्षा गर्ने सरकारको सुव्यवस्थित नीति रहेछ । जतिसुकै जान्ने, विज्ञ भएपनि सरकारको अनुमति विना काम गर्न नपाइने रहेछ ।

जनता यो सरकारले ९० प्रतिशत काम असल, जनहितको पक्षमा गरिरहेको छ भन्ने विश्वासको अभिमत दिएका रहेछन् । गाडीहरु चल्दा रहेछन् तर हर्न वजाउने र ध्वनि प्रदुषण पटक्कै छैन् रहेछ । हिजो हामीहरुको अगाडि पार्कमा कंगारुको हुल पनि देख्न पाइयो । कागहरु उड्दापनि नेपालमा ढाडे विरालो कराएको जस्तो गरी काउ, म्याओ गरी उड्दै गरेको पाइयो । यो नौलो कुरा मलाई यहाँ आएपछि मात्रै थाहा भयो ।

फराकिला सडकहरु, हरेक घरमा पार्क, अगाडि फुलवारी, पछाडि तरकारी घर कोठेवारीमा वरिपरि घेराबेरा गरेका, पानी, विजुली टेलिफोन सुविधा भएको, गाँउको बीचमा खेल मैदान, पक्की पुलहरु जो आप्mनो आफनो क्षेत्रमा गुणस्तरीय देखिएको हुनाले सुशासन रहेको महशुस गरिएको छ । अव मेरो मनमा जिज्ञाशा उब्जिएको छ, किन सुशासन यहाँ अष्ट्रेलियमा छ ?

प्रा. डा. नृसिंह खत्री
वरिष्ठ अधिवक्ता,हाल वेल्स,अष्ट्रेलिया

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top