×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्रेको सानदार जितमा सन्दीपको उत्कृष्ट बलिङ/तीनै खेलमा अवार्ड

१३ श्रावण २०८०

१३ साउन, एजेन्सी ।
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा मिसिसौगा प्यान्थर्समाथि ५५ रनको सानदार जित हात पारेको छ । दोस्रो जितका साथ सर्रे ५ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्यान्थर्स १७ ओभरमा मात्रै १ सय ९ रनमा अल आउट भयो ।

उसका लागि क्यामरन दीलपोर्टले २१ बलमा ४ छक्कासहित सर्वाधिक ३३ रन बनाए । उनी सन्दीपको बलमा प्रगत सिंहबाट क्याच आउट हुन पुगे । त्यस्तै श्रेयस मोवा ३१ बलमा ५ चौकासहित ३१, क्रिस गेल ३, आयन खान १४ र जेम्श निसम शून्यमा आउट भए । न्युजिल्यान्डका स्टार अलराउन्डर जेम्श निसम सन्दीपको बलमा विकेटकिपर लिटन दासबाट स्टमपिङ आउट भएका थिए ।

Advertisement
Advertisement

सन्दीपले जसकरण सिंहलाई एक रनमा एलेक्स हेल्सबाट क्याच आउट गराए । सन्दीपले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । स्पेन्सर जोनसनले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै म्याथ्यु फोर्डले २, आयन खान र अमर खलिदले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जतिन्दर सिंहले ४५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए।

एलेक्स हेल्सले २१ बलमा ९ चौकासहित ३९ रनमा आउट भए । लिटन दासले ३० बलमा १ चौका र १ छक्कासहित २५ रन बनाए । प्यान्थर्सका जहुर खानले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यससंगै सन्दीपले तीनै खेलमा अवार्ड जितेका छन् ।

Advertisement

उत्कृष्ट बलिङ प्रदर्शन गरेका सन्दीपले सर्रेको दुई जित र एक हारमा गरि तीनै खेलमा समान ५ सय डलर (६६ हजार रुपैयाँ) पुरस्कार राशी भएको मोमेन्ट अफ अफ द म्याच अवार्ड जित्न सफल भएका हुन् । यता नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले आज साँझ टोरान्टो नेशनलसँग प्रतिस्पर्धा गर्नेछ । सन्दीपको टोलीले आज राती १ः४५ मा भ्यानकुभर नाइट्ससँग खेल्नेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top