NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक शुक्रबार पुस १८ , २०८२
गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर शुक्रबार पुस १८ , २०८२
बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

इजरायलले युद्ध विराम नगर्ने,भविष्यका लागि युद्ध

मङ्लबार कार्तिक १४ , २०८०
Reading Time: 1 min read
A A
इजरायलले युद्ध विराम नगर्ने,भविष्यका लागि युद्ध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ कार्तिक, एजेन्सी ।
इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् । उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो ।

’ इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गर्दा १० नेपालीहरुसहित १४ सय जना मारिएका थिए । त्यसलगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी राखेको छ । उक्त आक्रमणबाट बालबालिकासहित सर्वसाधारणहरुसहित ८ हजारभन्दा धेरै मारिएपछि इजरायललाई युद्ध रोक्न दबाब छ ।

लाखौं नागरिक विस्थापित भएका छन् । प्यालेस्टाइनी जनतामा संकट गहिरिँदै गएपछि युद्ध विरामको माग गर्दै विश्वका विभिन्न मुलुकहरुमा प्रदर्शन समेत भएको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने यो युद्धको समय हो भन्दै भनेका छन्, ‘पर्ल आर्बरमा बमबारी वा सेप्टेम्बर ११ पछि जसरी अमेरिका युद्ध विरामका लागि तयार हुँदैन त्यसरी नै सात अक्टुबरको आक्रमणपछि इजरायल हमाससँग युद्ध विराम गर्दैन ।’

LS Auto

उनले यो युद्ध इजरायलको साझा भविष्यका लागि भएको बताएका छन् । इजरायलले स्थलगत कारबाही बढाएपछि गाजा क्षेत्रमा मानवीय क्षतिको जोखिम झन् बढेको छ । इजरायली सेनाका ट्यांक र बुल्डोजर गाजा क्षेत्रको मध्यभाग पुगेका छन । इजरायलले हमाससँगको युद्ध दोस्रो चरणमा प्रवेश गरेको घोषणासँगै उसको सेना गाजाको सालाह–अल–दिन सडकमा पुगेको हो ।

गाजा सहर र उत्तरी गाजालाई जोड्ने सालाह–अल–दिन सडक अब इजरायली सेनाले अवरोध गरेको छ । इजरायली रक्षामन्त्री योभ ग्यालान्टका अनुसार दोस्रो चरणको युद्ध एक महिनासम्म चल्न सक्ने अनुमान छ । ‘यसको उद्देश्य हमास आतंककारीहरूका भौतिक संरचनाहरू नष्ट गर्ने र बन्धकलाई मुक्त गर्नु हो,’ रक्षामन्त्री ग्यालान्टले पत्रकार सम्मेलनमा भनेका छन् ।

इजरायली सेनाले स्थलगत कारबाहीमा हमासका लडाकुहरू मारिएको दाबी छ । ‘इजरायली सेना गाजा क्षेत्रभित्र गन्तव्यतर्फ अगाडि बढिरहेको छ । सेनालाई रोक्न खोज्दा दर्जनौं आतंककारीहरू मारिए,’ इजरायली सेना (आईडीएएफ) का प्रवक्ता डेनियल हगरीले एक्समा सोमबार लेखेका छन्, ‘हामी गाजा क्षेत्रमा विस्तारित भूमिगत अपरेसन गर्दै छौं । सैनिकहरू आतंककारीहरूतर्फ अघि बढिरहेका छन् । हामी उनीहरूलाई हवाई हस्तक्षेप पनि गर्दै छौं ।’

यता हमासले पनि निरन्तर रकेट प्रहार गरिरहेको छ । सोमबार पनि इजरायली सहर तेलअभिभ, हर्जलिया, रानाना, होलोन र होड हसारोनलगायत स्थानमा रकेट प्रहार गरिएको छ । ती रकेटलाई इजरायलको आइरन डोमले आकाशमा नै निस्तेज गरिदिएको थियो ।

त्यस्तै लेबनानी हिजबुल्लाह समूहले उत्तरी क्षेत्रमा रकेट प्रहार गरिरहेको छ । इजरायलले उत्तरी क्षेत्रबाट दुई लाख बासिन्दालाई सुरक्षित स्थानमा सारिसकेको छ । तर, गाजाका २३ लाख सर्वसाधारणको ज्यान भने जोखिममा छ ।

Tags: #इजरायलले युद्ध विराम नगर्ने#विन्यामिन नेतन्याहु#इजरायलका प्रधानमन्त्री

लोकप्रीय

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

शुक्रबार पुस १८ , २०८२
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२

विचार

थप समाचार

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?
निर्वाचन

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

हालका पोस्टहरू

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

शुक्रबार पुस १८ , २०८२
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.